Powered by Blogger.
एमाले केन्द्रीय विभागमा दोलखाका १५ जना (नामावलीसहित)

काठमाडौं, २२ जेठ । नेकपा (एमाले)ले आफ्नै सबै केन्द्रीय विभागलाई पूर्णता दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कार्यसमितिले दुई वर्षपछि पार्टीका ३१ वटै विभागलाई पूर्णता दिएको हो । 

महासचिव ईश्वर पोखरेल नेतृत्वको तीन सदस्यीय कार्यदलले विभागमा रहने नेता–कार्यकर्ताको नाम टुंग्याएको हो । कार्यदलमा सचिवद्वय पृथ्वी सुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य थिए । ४ वैशाखको केन्द्रीय कमिटी बैठकले विभागको टुंगो लगाउने जिम्मा कार्यदललाई दिएको थियो । 

विभागमा दोलखाका १५ नेताहरु परेका छन् । जसमा पशुपति चौलागाई  प्रमुख (सहकारी तथा गरिबी निवारण), विभाग, केवी उप्रेती, सदस्य (सहकारी तथा गरिबी निवारण), डिवि वस्नेत—सदस्य (सहकारी तथा गरिबी निवारण),इश्वरी रिजाल— सचिव (स्कुल विभाग), शान्ति जिरेल— सदस्य (सामाजिक), रचना खड्का— उपप्रमुख (जनसंख्या तथा स्वास्थ्य), लालकुमार केसी— सदस्य (स्थानीय विकास), ई महेन्द्रबहादुर कार्की— सदस्य (स्थानीय विकास),वालकृष्ण शिवाकोटी—सदस्य (उद्योग तथा वाणिज्य), गणेश बस्नेत—सदस्य (प्रचार विभाग), विमल पोखरेल (निर्वाचन),दुर्गा थापा (कृषि तथा भूमिसुधार), गणेशबहादुर कार्की (बन तथा वातावरण),  कुलबहादुर खड्का (राष्ट्रहीत तथा सुरक्षा प्रर्वद्धन) यक्षध्वज कार्की (भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग) रहेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.