Powered by Blogger.
चिलाउनेखर्कका दाहालको हत्यागरी फरार अमरबहादुर २४ घन्टापछि पक्राउ


दोलखा, १९ जेठ । दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क केशव दाहाललाई खुकुरी प्रहार गरी हत्या गर्ने अमरबहादुर तामाङ पक्राउ परेका छन् ।

तामाङले खुकुरी प्रहरगरि दाहालको हत्या गरेका थिए भने दाहाल पत्नी सिता दाहालाई घाइते बनाएका थिए । उनी घटना पछि फरार रहेका थिए ।

स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जिरीले जिरी नगरपालीका ७ स्थित सिक्रेको जंगलबाट तामाङलाई पक्राउ गरेको प्रहरी निरीक्षक राजेश कार्कीले बताए । हत्यामा प्रयोग भएको खुकुरी सहित उनलाई नियन्त्रणमा लिएको कार्कीले भनाई छ । 
हाल इलाका प्रहरी कार्यालय जिरीमा राखिएका तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चरीकोट लैजाने तयारी भएको निरीक्षक कार्कीले बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.