Powered by Blogger.
कोकाकोला अन्तर मावि फुटबल प्रतियोगितको उपाधि एपार्ड मावि जिरीलाई

चन्द्र खड्का
जिरी, ५ असार ।
दोलखामा सञ्चालन भएको कोकाकोला अन्र्तर मावि फुलटबल प्रतियोगिताको उपाधि एपार्ड मावि जिरीले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा कालिञ्चोक उच्च मावि चरिकोटलाई २–१ को गोल अन्र्तरले पछि पार्दै एपार्ड मावि जिरीले विजयी हात पारेको हो । 

जेठ २९ गतेबाट शुरु भएको प्रतियोगिता क्षेत्रगत रुपमा सञ्चालन भएको थियो । क्षेत्र नं. १ अन्र्तरगतको खेलमा एपार्ड मावि जिरीले जिरी उच्च माविलाई २–१ गोलको अन्र्तरले पछि पार्दै क्षेत्र नं. १ को विजयी बनेको थियो । त्यस्तै दोलखा क्षेत्र नं. २ को प्रतियोगितामा कालिञ्चोक उच्च मावि विजयी बनेको थियो ।

शनिबार हाइउटिच्युट खेल मैदान निर्माणका लागि चर्चा चलेको जिरीको खेल मैदानमा सम्पन्न खेलमा एपार्ड मावि जिरीले कालिञ्चोक उच्च मावि चरिकोट माथि विजयी गर्दै कोकाकोला अन्र्तर मावि फुटबल प्रतियोगितको उपाधि आफ्नो कब्जामा राख्न सफल बनेको हो । खेलको पहिलो हाफमा एपार्ड मावि जिरीले कालिञ्चोक उच्च माविलाई २–० ले पछि पार्दै दबाबमा राखेको थियो । 

दोश्रो हाफमा कालिञ्चोक उच्च माविले १ गोल फर्काए पनि त्यो गोलले कालिञ्चोक उच्च माविलाई सान्तवना दियो तै पनि जितको लागि प्रयाप्त हुन सकेन । विजयी टिमलाई शनिबार नै बाबुकाजी बस्नेतको सभापतित्व तथा जिरी नगरपालिकाको कार्यकारी अधिकृत मोहन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरिएको छ । 

जिल्ला फुटबल संघको उपाध्यक्ष बाबुराज श्रेष्ठको अनुसार विजयी टिम एपार्ड मावि दोलखा जिल्लाबाट क्षेत्रीय खेलको लागि छनौट भएको छ । काब्रेको धुलीखेलमा हुने क्षेत्रीय खेलमा एपार्ड मावि जिरीले दोलखाबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्दा गर्न पाउने भएको छ । तर खेलको मिति भने अहिले तय भइसकेको छैन ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.