Powered by Blogger.
सिंगटीमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने र जापान पठाइदिन्छु भनी ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं, ३ असार । भूकम्प पीडितलाई जापान पठाइदिन्छु भनी ठगी गर्ने दुईजनालाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जापानी नागरिक हिरोसी मोरिकवा र काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने बज्र गुरुङ रहेका छन् ।

जापानमा पासोना नामको मल्टिनेसनल कम्पनीमा काम लगाईदिन्छु भन्दै ठग्दै आएको बताइएको छ । जापाको उक्त कम्पनीमा आफ्नो साथी मेनेजर रहेको भन्दै आठ लाखमा रुपैयाँमा जापान पठाउने र प्रतिमहिना तीनदेखि चार लाख रुपैयाँ कमाई भन्दै गोरखाका जनकराज  ढकाल लगायत १२ जनाबाट ११ लाख ३० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । 

मोरिकवाले डि–इम्यानुअल कन्सल्टेन्सीको सिइओ तथा जापान फ्युचर सिटी इनिसिएटिभको प्रतिनिधिको आइडी कार्ड बनाई काम गर्ने गरेको र गुरुङले उक्त कन्सल्टेन्सीको डाइरेक्टर हुँ भनि भूकम्प पीडितलाई भूकम्प प्रतिरोधी घर बनाइदिने भनि दोलखाको सिंगटीमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने तालिम सञ्चालन गरेको खुल्न आएको छ ।

तालिम सम्पन्न पश्चात सजिलो गरी जापान जान सकिने भन्दै विभिन्न पीडितसँग उनीहरुले ठूलो मात्रामा रकम लिएको हुन सक्ने देखिएकाले थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.