Powered by Blogger.
राष्ट्रिय पुननिमार्ण प्राधिकरण उपक्षत्रिय कार्यालय दोलखाले पायो सहसचिव

काठमाडौं, २२ वैशाख । गत १२ वैशाखमा गएको शक्तिशाली भूकम्प पछि २९ वैशाखमा गएको शक्तिशाली पराकम्पका कारण निकै क्षती व्यहोरेको दोलखाले एक वर्षपछि पुन निर्माणका लागि सहसचिव पाएको छ । 

भूकम्प गएको लगभग १० महिना पछि खुलेको उपक्षत्रिय कार्यालयले दुई महिनापछि सहसचिव पाएको छ । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणका अनुसार उपक्षत्रिय कार्यालय दोलखामा खटाइएका शिवराम न्यौपानेले दोलखाका साथै  रामेछाप र ओखलढुङगा हेर्ने छन् । 

 प्राधिकरणले केन्द्रिय आयोजना कार्यान्वयन एकाइलाई कार्यक्रम खर्च, भवन निमार्ण लगायत कार्यक्रम गर्न तीन  करोड ५९ लाख  ८९ हजार रकम अख्तियारी दिएको छ । कामु हरि शर्मालाई हटाएर न्यौपानेलाई पठाएको हो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.