Powered by Blogger.
जिरी र आसपासको क्षेत्र पूर्ण इन्टरनेटको पहुँचमा, सहकारी संस्थाहरु सबैभन्दा बढि लाभान्वित हुने

चन्द्र खड्का
जिरी, २० बैशाख । जिरी नगर उद्योग बाणिज्य संघको समन्वयमा नेपाल टेलिकम दोलखाले थप वाईम्याक्स डिभाइस जडान गरेपछि पर्यटकीय नगरी जिरी बैशाख १९ गतेबाट पूर्ण इन्टरनेट सञ्जालमा जोडिएको छ । 

यस अघि नेपाल टेलिकमको एडिसिएल (ल्याण्डलाइन फोनबाट चल्ने) इन्टरनेट मात्र चलिरहेको भए पनि १९ गतेबाट एक्ले चौरमा वाईम्याक्स डिभाइस जडान गरेसँगै जिरी पूर्ण रुपमा इन्टरनेट सञ्जाल भित्र जोडिएको हो । जिरी नपा ३ एक्ले चौरमा वाईम्याक्स डिभाइस जडान गरेपछि जिरी र आसपासका क्षेत्र पूर्ण इन्टरनेट सञ्जाल भित्र जोडिएको नेपाल टेलीकम दोलखा शाखाको काप्रमुख श्याममणि अर्यालको दावी छ ।

कार्कीका अनुसार जिरीको हनुमान्ते डाँडा, रामेछाप गर्जङ देउराली र काप्सा एक्ले चौरमा जडन गरेको वाईम्याक्स डिभाइसले जिरी र आसपासका क्षेत्रहरु माली श्यामा रामेछापको चुचुरे, ठोसे, रस्नालु लगायतका क्षेत्रहरुमा द्रुत गतिको इन्टरनेट सेवा पुग्ने अपेक्षा गरिएको छ । यस अघि सुरुमा जिरी बजारमा नै वाईम्याक्स डिभाइस जडान गरिए पनि जिरीमा एडिएसएल इन्टरनेट सञ्चालनमा आएपछि रामेछाप गर्जङ देउरालीमा डिभाइस जडान गरेको थियोे । 

जिरी बजारमा मात्र इन्टरनेट सञ्चालन भए पनि जिरी आसपासको क्षेत्रमा इन्टरनेटको पहुँच पुग्न सकेको थिएन । एक्ले चौरमा डिभाइस जडान गरेसँगै जिरी आसपासको सबै क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको जिरी नगर उद्योग बाणिज्य संघ तदर्थ समितिका अध्यक्ष मधुकुमार कार्कीले जानकारी दिए । कार्कीको अनुसार चाँडैनै जिरीमा नेपाल टेलिकमद्धारा सञ्चालित हटस्पोर्ट इन्टरनेट पनि जडानको लागि समन्वय हुँदै छ । यो हटस्पोर्ट जडान भए सबैभन्दा बढी युवायुवतीहरु प्रत्येक्ष लाभान्वित हुने छन् । वाइम्याक्स सेवाबाट अहिले ग्रामीण क्षेत्रमा सञ्चालित सहकारी संस्था तथा विद्यालयहरु लाभान्वित बनेका छन् । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.