Powered by Blogger.
छत्तीस हजार घरधनीसँग अनुदान सम्झौता, दोलखामा पाँच हजार

काठमाडौँ, १६ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट घर क्षति भई अनुदान पाउने १० जिल्लाका ३६ हजार २ सय ८७ घरधनीसँग सम्झौता गरेको छ ।

ओखलढुङ्गामा १० हजार ७ सय ३३, रामेछापमा १३ हजार ७९, गोरखामा दुई हजार तीन सय, धादिङमा पाँच सय ९९, नुवाकोटमा २ सय ८०, रसुवामा दुई सय ८, सिन्धुपाल्चोकमा एक हजार नौ सय २७, काभ्रेपलाञ्चोकमा नौ सय, दोलखामा पाँच हजार एक सय ६१ र सिन्धुलीमा एक हजार एक यस घरधनीसँग अनुदान सम्झौता गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

‘सम्झौता भएका अनुदान पाउने घरधनीलाई बैंकसँग कारोबारको सम्झौता हुने बित्तिकै पहिलो किस्ताको ५० हजार रुपैयाँ दिइनेछ, यो रकम हाल दोलखा र गोरखा जिल्लाका एक हजार भन्दा बढी घरधनीलाई प्रदान गरिएको छ’ उनले भने । लगत सङ्कलन सम्पन्न भए पनि मकवानपुरमा अनुदान सम्झौता सुरु नभएको प्राधिकरणले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.