Powered by Blogger.
दोलखाको सुन्द्रावती ३९ जना अमेरिकी सेना आउने

काठमाडौं, १७ जेठ । दोलखा जिल्लाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने भएका छन् । अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आउने टोलीले सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको निर्माणका लागि आउने बताइएको छ । 

गत वर्षको १२ र २९ वैशाखको भूकम्पबाट क्षति पुर्‍याएको विद्यालयको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने सदरमुकाम चरिकोटमा रहेको नेपाली सेनाको रणभीम गण जनाएको छ ।

अमेरिकी सेनालाई नेपाली सेनाको दोलखामा रहेको रणभीम गण चरिकोटले समन्वय गर्नेछ । सेनाले पटकपटक गरी तीन चरणमा काम गर्ने जनाएको छ । 

अमेरिकी सेनाको टोली सोमबार नै सुन्द्रावतीको कालिका उमाविमा बास बस्ने बताइएको छ । सेनाले १७ देखि ३२ गतेसम्म काम गर्ने जनाएको छ । १३ जनाको टोली दोलखा पुगेको छ भने अन्य २६ जना दुईपटक गरेर आउने बताइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.