Powered by Blogger.
विचित्र लाग्छ स्वार्थी संसार !


उर्मिला के सि
स्वार्थी संसारको  बारेमा के लेखुँ खै ? ऊ पनि स्वार्थी, त्यो पनि स्वार्थी अनि कसैले भन्दै होला म पनि स्वार्थी । एउटा व्यक्तिको बारेमा लेख्ने भए म बरु सजिलै लेख्थें होला तर यो त सिंङ्गो संसारको कुरा हो । त्यसका लागि जुन किसिमको सामिप्यता आवश्यक पर्दछ, वास्तवमा त्यस अनुरुप म अझै हरेक अनि प्रत्येकसँग त्यति घनिष्टता रहेको छैन ।

त्यसकारण पनि यसको बारेमा लेख्नका लागि आवश्यक ती विषयवस्तु मसँग रहेनन् । जसले लेखलाई व्यापक र  पूर्णता प्रदान  गरोस् । तर जीवनको यो कालखण्डसम्मको अनुभवबाट केही मेरा भावनाहरु लेख्ने जमर्को गरें कसैले यसलाई गलत अर्थ नलगाइदिनु होला र कसैमा ठेस पनि नपुगोस् । 

निर्मल अनि निश्चल आकाशमा जति पनि निश्चलता देखिन्छ त्यति नै त्यसलाई मधुरोपन ल्याउने बादलले अवरोध गर्छ । बाहै्रमासे लहरीभूत्त अलफुलको बगैंचामा पनि सत्रु लागेर कुनैबेला न त फुल फुल्न दिन्छ न त फल फल्न नै दिन्छ । त्यसैले खै के हो ? मलाई मात्र हो या सबैलाई हो संसार नै स्वार्थी जस्तो लाग्छ । सायद सबैका लागि यो संसार नै स्वार्थूपूर्ण भइसकेको छ।

बस आफ्नो इच्छा र चाहना   पूरा गर्न पायो भने महान हूँ भन्ने ठान्छ मान्छे । हरियाली अनि मनोरम दृश्यलाई तुवाँलो लागेर धमिलो बनाइदिएको जस्तो भएको छ यो संसार । आफ्नै जन्म दिने आमाको प्रवाह हुँदैन यहा,ँ र आफैले जन्माएको बच्चालाई एक्लै जङ्गलमा छाडेर फरार हुने आमाको खबर पनि हामीले सञ्चार माध्यममा नपेढेका अनि नसुनेका होइनौं ।

भन्न त हामी मान्छे सचेत, सर्वाेत्कृष्ट र वुद्धिमानी प्राणी भन्ने गर्छौं तर मानवले गरेको अपराधका घटनाहरुलाई हेर्दा  पशुभन्दा पनि निकृष्ट र राक्षस भन्दा पनि क्रुर अनि हिंस्रक लाग्छ । हुन त मान्छेहरु भगवानसरह मानिने भएका छन तर कतिपय मान्छेहरुले यस विपरीत राक्षस र पशुले भन्दा पनि निकृष्ट स्वभाव देखाउँछन् । आज संसारमा केही मान्छेहरुले गरेका अपराध र व्यवहारले गर्दा संसार नै स्वार्थी हो की जस्तो लाग्न थालेको छ। विश्वाशै गर्न गाह्रो  कतिपय घटनाहरुले सम्पूर्ण मानव जातिको नै शिर निहुरिन्छ, लज्जाबोध गराउँछ । 

हुन पनि आफ्नो जन्म दिने बाबुबाट नै सोशित हुन्छे त छोरी, अनि त के आडभरोसा रह्यो र त्यो परिवार अनि सम्बन्धको । आखिर केका लागि गर्छ मान्छेले मान्छे माथि नराम्रो व्याबहार अनि विश्वासघात । हुन त संसार नै बिचित्रको छ, क्षणभरमा बदलिरहन्छ, घण्टा घण्टामा परिवर्तन भइरहन्छ । सायद ऋतुहरु पनि बद्लिरहने भएर होला मान्छेको मन पनि बद्लिरहँदो रहेछ । 

कहिल्यै सन्तुष्ट हुन नसक्ने कस्तो हो यो मान्छेको मन ? कसैको खुसीका लागि कसैको जीवनको बली दिने । उदाहरणका लागि गुलाफको फक्रँदै गरेको जीवनलाई टपक्क टिपेर कसैलाई खुसी पार्न उपहार दिनु, यो कतिसम्म उचित हो सुन्दर गुलाफको जीवन निमोठेर पे्रमिकालाई खुसी पार्नु, त्यसैले यो संसारमा कोही निस्वार्थ छैन बस आफ्नो क्षणिक खुसी र स्वार्थ मात्र हेर्छ मान्छेले ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.