Powered by Blogger.
अलकत्रा तताउने गाडीमा आगलागीहुँदा नाम्दुका जिवन घाइते

काठमाडौं, १० जेठ । सडक पिच गर्ने क्रममा अलकत्रा तताउने गाडीमा आगलागीहुँदा दोलखा जिल्ला नाम्दु ३ का ३२ वर्षीय जिवन बस्नेत घाइते भएका छन् । 

हाल उनको शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

काठमाडौँ महानगरपालिका–३५ पेप्सीकोला चोक स्थित जडिबुटी सडक खण्डमा पिच गर्ने क्रममा बा.१ क ३४४४ नम्बरको अलकत्रा तताउने गाडीमा आइतबार राति आगलागी भएको हो । बस्नेत गाडीका सहचालक हुन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.