Powered by Blogger.
बुद्ध जयन्तिको अवसरमा जिरीमा शाक्यमुनि बुद्धको प्रतिमा शिलान्यास

जिरी ९ जेष्ठ । दोलखाको पर्यटकिय नगरी जिरीमा २५६० औं बुद्व जयन्तिको अवसरमा गौतम बुद्व (शाक्यमुनि बुद्व) को प्रतिमा स्थापनार्थ शिलान्यास गरिएको छ । 

बौद्व अध्ययन तथा अनुसन्धान केन्द्र, नेपालले शान्तिको दुत बुद्व जयन्तिको अवसरमा दोलखाको जिरी नगरपालिका वडा नं। ६ खसुरडाँडामा गौतम बुद्व प्रतिमा स्थापनार्थ शिलान्यास गरिएको हो । अनुसन्धन केन्द्रका अध्यक्ष इन्द्रबहादुर खड्काको सभापतित्वमा भएको शिलान्यास कार्याक्रममा कार्यक्रमका प्रमुख अतिथि खेम्पो ङावाङ सम्पदेनले बौद्ध धर्म विधि अनुसार धार्मिक पाठ पुजा र भूमि पुजा गरि प्रतिमा स्थापना गर्ने स्थान जुराएर  शिलान्यास गर्नु भएको थियो । 

त्यस क्षेत्रलाई बुद्धको प्रतिमा स्थापनासँगै बुद्धपार्क नामकरण गरिँदै अन्तराष्ट्रिय बौद्ध ध्वाज समेत फहराईएको छ । अध्यक्ष खड्काको अनुसार प्रतिमा स्थापनाको लागि मात्र १० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ भने बुद्ध पार्क निर्माणको लागि योजना अनुसार सबै भौतिक संरचनाहरु निर्माण गर्न अनुमानित १ करोड रुपैयाँ खर्च हुने बताईएको छ । बुद्व पार्क भित्र चमेना गृह, ध्यान केन्द्र, पार्किङ स्थान, बौद्ध स्तुपा लगायत भौतिक संरचनाहरु तयार पारीनेछ ।

बुद्ध जयन्तिको अवसमा देशको विभिन्न ठाउँहरुमा विभिन्न कार्यक्रम गरी मनाई रहेको बखत बौद्ध अध्ययन तथा अनुसन्धन केन्द्र, नेपालले पनि सोही अवसरमा बुद्धको प्रतिमा स्थापनको लागि शिलान्यास तथा बुद्व पार्कको नामकरण गरेको हो ।

शिलान्यास कार्यक्रममा अन्ध्ययन केन्द्रका उपध्यक्ष टेकबहादुर जिरेलले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बौद्व धर्म गुरु खेम्पो ङावाङ सम्तेन, जिरी नगर उद्योग बाणिज्य संघका अध्यक्ष मधुकुमार कार्की,        राजनीतिक दलका प्रतिनिधिहरु जिरीका व्यवसायी, बुद्धिजीवि, समाजसेवी, स्थानीय लगायतको उपस्थिति रहेको थियो । 

जिल्लाकै पहिलो जिरीमा सुरुहुन लागेको बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र, नेपाललाई चाँडै नै सञ्चालनमा ल्याउनका लागि प्रक्रियामा रहेको छ । यस केन्द्रमा अध्ययन गर्नका लागि कक्षा १२ पास गरेको हुनु पर्ने छ भने एउटा विषय अनिवार्य बुद्व दर्शन सम्बिन्धि नै अध्ययन गर्नु पर्ने छ । बौद्व दर्शन परम्परागत धार्मिक दर्शन भन्दा पनि मानिसका लागि सार्थक जीवन जीउने कलाको दृष्टिकोणले ज्यादै महत्वपूर्ण मानिन्छ ।
स्रोत:  जिरी सन्देश साप्ताहिक

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.