Powered by Blogger.
कोशेलीको रुपमा जिरीबाट पर्यटकहरु तोरीको गुन्द्रुक लैजान्छन्

चन्द्र खड्का
जिरी, ४ जेठ । स्वीजरल्याण्डको जुरीच शहरसँग तुलना गरिने  दोलखाको पर्यटकीय नगरी जिरीमा घुम्न आउने आन्तरिक पर्यटकहरुले कोशेलीको रुपमा जिरीबाट स्थानीय कृषकहरुले उत्पादन गरेको गुन्द्रुक लैजाने गरेका छन् । 

स्थानीय कृषकहरुको उत्पादलाई बजारी करण गर्ने उद्देश्यका साथ दोलखा उद्योग बाणिज्य संघले  २०६६ सालमा स्थापना गरेको जिल्लाकै पहिलो कोशेली घरमार्पmत जिरी आउने पर्यटकहरुको रोजाईमा गुन्द्रुक पर्ने गरेको हो । 

नेपाली समाजमा गुन्द्रुक भन्नसाथ नाक खुम्च्याउने गरे पनि गुन्द्रुक स्वास्थ्यका लागि समेत लाभदायी मानिन्छ । तरकारी र अचारको विभिन्न परिकारहरु बनाएर खान सकिने गुन्द्रुकलाई जति हेला गरिन्छ यसको महत्व पनि उत्तिकै रहेको छ । जिरीमा आउने पर्यटकहरुको रोजाइमा अहिले विशेष गरी तोरीको गुन्द्रुक पर्ने गरेको कोशेली घर जिरीले बताएको छ । 

अहिले कोशेली घरमा प्रति पाउको ५० रुपैयाँमा गुन्द्रुकको कारोबार हुने गरेको छ । जिरीमा उत्पादन गरिएको गुन्द्रक शुद्ध अर्गानिक र स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो मानिने भएकाले पनि पर्यटहरुले कोशेली घरबाट तोरी र काउलीको गुन्द्रुक अत्याधिक लाग्ने गरेका छन् । विशेष गरी तोरीको गुन्द्रुकको माग बढे पनि उत्पादनमा भनी कमि नै रहेको पाइन्छ । 

बाहिरी जिल्लाबाट आउने पर्यटकहरु जिरी घुम्ने र जिरीबाट फर्कंदा जिरीको कोशेलीको रुपमा अन्य सामाग्रीहरु लिएर गए पनि साथमा गुन्द्रुक छुटाउने गर्दैनन् । कोशेली घर जिरीका अनुसार नेपाली कागजका विभिन्न समानहरु, याक चिज, छुर्पी, स्थानीय उत्पादनहरु, हस्तकलाका सामान लगायतका सामाग्रीहरु अहिले कोशेली घरमार्पmत जिरीबाट बाहिरीने गरेको छ । स्थानीय उत्पादनहरुले कोशेली घर जिरी मार्फत बजार पाउँदा स्थानीय कृषकको आयमा वृद्धि हुनुका साथै स्थानीय युवाहरुलाई समेत स्वरोजगार बनाएको छ । 

२०६६ सालमा दोलखा उद्योग बाणिज्य संघको पहलमा स्थापना गरिएको कोशेली घर  जिरी अहिले एकीकृत फ्रेण्डपसिप साकोसद्धारा सञ्चालित छ । स्थानीयहरुको उत्पादनाई प्रोत्सान दिने भएकै कारण अहिले जिल्लामा चर्चित रहेको र एक गाउँ एक उत्पादन कार्यक्रमलाई समेत टेवा पुग्ने जिरी नगर उद्यो बाणिज्य संघका अध्यक्ष मधुकुमार कार्कीले बताए । 

विनासकारी भूकम्पबाट कोशेली घरमा क्षति पुगेको भए पनि कोशेली घर जिरीको जांगरिला युवाहरुको पौरखलाई विश्व बजारम चिनाउने साझा घर भएकाले भूकम्प गएदेखि नै अस्थायी टहराबाटै सञ्चालनमा रहेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.