Powered by Blogger.
चैतारीको संस्थापक सदस्यदेखि अध्यक्षसम्मको यात्रामा सञ्चारकर्मी गणेश बस्नेत

काठमाडौं, ४ जेठ । नेपाली पत्रकारिता क्षेत्रमा सदैव चर्चाको शिखरमा रहेको नाम हो गणेश बस्नेत । पत्रकारिताका साथै नेकपा (एमाले)लाई माया गर्ने पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले पनि नबिर्सने नाम हो ।

इमान्दार, निष्ठावान, मेहनती, जोशिलो फुर्तीलो व्यक्तिको अगाडी बस्नेतको नाम जोड्यो भने यी शब्दको शोभा बढाउने काम गर्छ । निकै प्रखर वक्ता, जो सदैव व्यवसायीक पत्रकारितामा दत्तचित्त भएर लागी नै रहे । व्यवसायीक पत्रकारितालाई भविश्यमा झनै शसक्त बनाउन, यसको वृत्ति विकासका लागि पनि आवश्यक व्यक्ति हुन गणेश बस्नेत । 

दोलखा जिल्लाको सुरी गाविसमा जन्मेका बस्नेत विगत २१ वर्षदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । उनको पत्रकारिताको पहिलो खुडकिलो हो छलफल साप्ताहिक, जसमा उनले कार्यकारी सम्पादकको भूमिकामा रहेर काम गरेका छन् । छलफलका साथै स्पेश टाईम्स दैनिकमा वरिष्ठ समाचारदाता हुँदै समाचार संयोजकको भूमिकामा रहेर काम गरेका छन् । सदैव पत्रकारिताको श्री वृद्विमा लागेका बस्नेतले च्यानल नेपालमा समाचार प्रमुख भएर काम गरेका छन भने हाल राजधानी दैनिकमा समाचार सम्पादकको रुपमा काम गरिरहेका छन् । 

पत्रकारितासँगै प्रेस चौतारी नेपाललाई माया गर्ने बस्नेत चौतारीको संस्थापक सदस्य हुन् । जावलाखेलमा सम्पन्न दोस्रो अधिवेशनमा सचिव पदमा सूर्यथापासँग एक मतले पराजीत भएसँगै केन्द्रिय सदस्यमा मनोनित भएर काम गरे । 

पाल्पामा सम्पन्न तेस्रो अधिवेशनमा निर्विरोध सचिव बने भने हेटौंडामा सम्पन्न चौथो अधिवेशनमा महासचिव भएर चौतारीलाई अघि बढाए । यस्तै किर्तीपुरमा सम्पन्न पाँचौ महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका बस्नेतले चार महिना कार्यबाहक अध्यक्षको भूमिकामा रहेर चौतारीमा काम गरेका छन् । 

काठमाडौंमा हुन लागेको आसन्न आठौं मधिवेशनमा अध्यक्षको उम्मेदवार दिएका छन् । टेलिभिजनदेखि साप्ताहिक हुँदै दैनिक पत्रिका सम्मको अनुभव भएका बस्नेत चौतारीको लागि आवश्यक रहेको चर्चा समेत चल्न थालेको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.