Powered by Blogger.
दोलखाको गैरीमुदीमा आवासीय कला कार्यशाला सम्पन्न (फोटोफिचर)

काठमाडौं, १ जेठ । समुदायमा केन्द्रीत रहीकला सिर्जनागर्ने उद्देश्य सहित सातदिने आवासीय कला कार्यशाला सम्पन्न भएको छ । आर्टुडियोको आयोजनामा दोलखाको गैरीमुदीका ७, ८ र ९ मा भएको कार्यशालामा कलाकार सुजन डंगोल, सन्ध्या सिलवाल, सुरेन्द्र मर्हजन, राजन श्रेष्ठ र अभिमन्यू दीक्षित सहभागी भएका छन् । 

उनीहरुले समुदायमा सामाजिक सशक्तिकरण र सिर्जनशिल पक्ष कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर बहस समेत गरेका थिए । गतवर्षको भूकम्पको त्रासदीमा परेको दोलखामा कलाकारलाई समुदायमा लगेर त्यसको प्रभाव सँगै समाजमा कलालाई चिनाउने यसको सिर्जनशिल महत्वलाई बुझाउने अभियानको नेतृत्व युवाकलाकार कैलाश कुमार श्रेष्ठले लिए ।

उनको पहलमा गत वर्षदेखि नै त्यहाँ समुदायलाई नै कलामा सहभागी बनाइ भूकम्प पीडालाई बिर्सने अभियानसँग जोडे । उनी स्वयम् भूकम्प पीडित कलाकार थिए । त्यसमा उनले विपद्का बेलापनि साहस बटुलेर भूकम्पको त्रासदीलाई मेटाउने प्रयत्नलाई समुदायसँग जोडे । उनको त्यो पहलले दोलखा जिल्लालाई कम्युनिटी आर्टको रुपमा अन्तर्राष्ट्रिय रुपमै चिनायो । 

‘दोलखा एल्वम’ आवासीय कला कार्यशाला बैशाख २१ देखि ३० सम्म दोलखाको गैरिमुदीमा आयोजना गरिएको आवासीय कला कार्यशालाले कलाकारलाई समुदायको बीचमा लैजान र त्यहाँका अन्तर कथालाई बुझ्न महत्वपूर्ण काम ग¥यो । सो कार्यमा सहभागीकलाकार सुजन डंगोलले मानिसले प्रयोग गर्ने विभिन्न सामग्रीलाई कलाका रुपमा प्रस्तुत गरेका थिए । स्थानीय जेष्ठ नागरिककामुहार आकृति बाँसको सुप्ला, पट्यांगमा बनाएकी थिइन् । सुरेन्द्र महर्जनले परिधि शीर्षकमा बाँसघारीमा आवासको परिकल्पना तिनमा मानिसको दैनिकीलाई प्रस्तुत गरेका थिए । 

राजन श्रेष्ठले सहनाई र ट्याम्कोको धुनलाई संगीतका रुपमाप्रयोग गरी स्थानीयका पीडाभित्रका हाँसोलाई कलात्मक रुपमा भिडियोमा उतारेका छन् । त्यस्तै सिने कलाकार अभिमन्यू दीक्षितले सपना शीर्षकमा स्थानीय बासलिाई नै कलाकार बनाएर २० मिनेटको फिल्म बनाएका छन् ।

स्थानीय स्रोत र साधनलाई परिचालन गरी कलाकारले समुदायका संस्कृति र परिवेशलाई कलात्मक रुपमा प्रस्तुतगर्न सफलभए । समाजमा त्यस्तो कलाजीवन्त रहन्छ जसले समाजको अन्तरकथा, संस्कृति तथा स्थानीयको मनमुटुलाई छुन सक्छ । समाजका यिनै विषयलाई समेटेर कलाकारले कला बनाए जसले स्थानीयलाई कला र कलाप्रति रुचिजाग्न थाल्यो । 

कलाकारहरुले भूकम्प पश्चात् गैरिमुदीको सांस्कृतिक, भौगोलिक, आर्थिक तथा भावनात्मक लगाएतका सामाजिक परिवेश बारेमा सोही समुदायमा एक हप्ता सम्मबसी कला रचना गरे । आर्टुडियोले भूकम्प पश्चात्को तेस्रो दिन देखिनै‘हिलिंग थ्रु आर्ट’ अभियान मार्फत् भूकम्पपीडित बालबालिका तथा अन्यलाई कलाको माध्यामद्धारा मानसिक तनाव हटाउने काम समेत गरेको थियो । जुनकला अभियान भूकम्प प्रभावित विभिन्न जिल्ला हुँदै गैरिमुदीमा पनि सञ्चालन भयो । 

सोही कला अभियान मार्फत समुदायमा परेको सकारात्मक परिवर्तनका कारण आर्टुडियोले सामुदायिक कला केन्द्रको स्थापना गर्ने काम गरिसकेको संस्थापक कैलाशले बताए । उनले भने,‘यो केन्द्र स्थापना भएपछि हामीले उक्त स्थानमा अस्थायी टहरा बनाएर स्थानीयहरुलाई कला गतिविधिमा सहभागि गराउँदै आएका छौं ।’ गैरिमुदीमा तयार पारी प्रदर्शन गरिएका कलालाई काठमाडौमा प्रदर्शनी गर्ने तयारी भइरहेको कैलाशले बताए ।










0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.