Powered by Blogger.
चैतारीको सदस्यदेखि उपमहासचिवसम्मको यात्रामा कुशल एंव योग्य सञ्चारकर्मी सुरोजंग पाण्डे

काठमाडौं, २ जेठ । नेपाली पत्रकारिता क्षेत्रमा छुटाउनै नहुने अनि चर्चीत नाम हो सुरोजंग पाण्डे । निष्ठावान, मेहनती, इमान्दार, श्रममा विश्वास गर्ने र श्रम गर्नेलाई सम्मान गर्ने, निर्णय गर्ने क्षमतामा अब्बल, जोशिलो फुर्तीलो व्यक्ति हुन पाण्डे ।

त्यती मात्र हैन प्रखर वक्ता जो सदैव व्यवसायीक पत्रकारितामा दत्तचित्त भएर लागीरहे । व्यवसायीक पत्रकारितालाई भविश्यमा व्यवस्थीत, मर्यादित रुपमा व्यवहारमा लागु गर्नै पर्ने टडकारो आवश्यकता छ, त्यो आवश्यकता परिपुर्ती गर्नका लागि कुनै न कुनै माध्यमले आवश्यक पर्ने व्यक्ति हुन पाण्डे । 

विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा लागेका पाण्डेसँग साप्ताहिक तथा दैनिक पत्रिकामा  काम गरेको अनुभव र समस्याका बारेमा यथेष्ट जानकारी छ । २०५८ सालमा छलफल साप्ताहिकबाट पत्रकारिता सुरु गरेका पाण्डेले सहसम्पादकको भूमिकामा समेत रहेर काम गर्नुका साथै रोडम्याप साप्ताहिकमा सहसम्पादक सम्म भएर काम गरेका पाण्डेले राजधानी दैनिकमा वरिष्ठ उपसम्पादकको भूमिकामा रहेर लामो समय काम गरेको अनुभव छ ।  हाल उनी नयाँ पत्रिका दैनिकमा वरिष्ठ उप सम्पादकको भूमिकामा रहेर काम गरि रहेका छन् ।


पत्रकारितासँगै प्रेस चौतारीमा आवद्व रहेका पाण्डे दुई कार्यकाल केन्द्रिय सदस्यको रुपमा रहेर काम गरेका छन् । उनले सदस्यका साथै २०६१÷०६२ मा उपत्यका अञ्चल कमिटीको सचिवको पदमा समेत रहेर काम गरेको अनुभव छ । प्रेस चौतारी नेपालमो वुटवलमा सम्पन्न छैटौं अधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिए । 

पत्रकारितासँगै चौतारीलाई निकै माया गर्ने पाण्डेले चौतारी काठमाडौं शाखाको सल्लाहकारको भूमिकामा रहेर काम गरेको अनुभव छ । विराटनगरमा सम्पन्न सात औैं अधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचीत पाण्डेको यो कार्यकाल निकै नै सफल कार्यकाल हो । किनकी यो अवधिमा उनले प्रतिष्ठान अञ्चल कमिटी इन्चार्जको भूमिकामा रहेर विभिन्न आठ प्रतिष्ठान गठन सफलतापुर्वक सम्पन्न गरेका छन् । जसका कारण संगठन विस्तारको कामले निकै नै गति पाएको छ । 

पत्रकारितासँगै लोकतन्त्र र प्रेस स्वतन्त्रताको आन्दोलनमा पनि उनको भूमिका कम छैन् । ०६१÷०६२ मा लोकतन्त्र र प्रेस स्वतन्त्रताको आन्दोलनमा होमिदाँ एक साता हिरासतमा समेत बस्नु परेको तितो अनुभव छ । 
कार्य कुशलतामा अब्बल मानिने पाण्डे संठगन विस्तारमा उनको भूमिका चौतारीको इतिहासमा निकै अविस्मरणी र महत्वपुर्ण छ । दोलखा जिल्ला चिलंखा ५ का पाण्डे पत्रकारितासँगै मिडिया अध्ययन अनुसन्धानमा पनि निकै सक्रिय रहेका छन् । 

चौतारीको आठौं महाधिवेशनमा उपमहासचिवको पदमा उम्मेदवारी दिएका पाण्डेसँग चौतारीलाई अगामी दिनमा कसरी अघि बढाउने भन्ने अरुको भन्दा भिन्न एजेण्डा छन् । चौतारीलाई व्यवसायीक, दक्ष र कृयाशिल सञ्चारकर्मीहरुको संगठन बनाउन चाहन्छन् । चौतारीमा आवद्व सदस्यहरुका लागि छुट्टै मापदण्ड बनाउनु पर्ने उनका एजेण्डा छन् । मुलुक आर्थिक सम्बृद्वितर्फ अघि बढेको छ ।


यो अवस्थामा सञ्चारनीति राष्ट्रिय स्वाधिनताको रक्षाका लागि अग्रसर हुनुपर्छ । मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउने तर्फ सञ्चारमाध्यम र सञ्चारकर्मी अग्रसर हुनुपर्दछ । मिडीयामा हुने लगानीमा स्पष्ट कानून हुनुपर्ने उनको अडान छ । जसका कारण श्रमजिवी ऐन कार्यान्वयन गर्न सहजहोस । 

चौतारी दक्ष र योग्य पत्रकारहरुको संगठन बन्न कार्ययोजना निर्माण गर्नुपर्ने उनको योजना छ । यस्तै योग्यता, दक्षता र मापदण्डका आधारमा सञ्चारकर्मीलाई लाईसेन्सको व्यवस्था गर्नुपर्छ । पाण्डे विगत आठ वर्षदेखि प्राध्यापन क्षेत्रमा समेत संलग्नछन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.