Powered by Blogger.
गौचरणमा परिणत भएको विमानस्थल तीन दशक पछि सञ्चालनमा ल्याइँदै,नागरिक उडड्यन प्राधिकरणले इन्जिनिरहरु जिरी पठायो

चन्द्र खड्का

जिरी, ३० वैशाख । गौचरणमा परिणत भएको तीन दशक पछि सगरमाथको प्रवेशद्धारमा रहेको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउनको लागि काम सुरु भएको छ । २०४२ सालबाट पूर्णरुपमा बन्द रहेको जिरी विमनस्थल यस अघि देखि नै सञ्चालनमा ल्याउने बहस चले पनि पूरा हुन सकेको थिएन ।

यस अघि पटक पटक विमनस्थललाई सञ्चालनमा ल्याउनका लागि जिरीका राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, वुद्धिजीवीहरुको समूहले नागरिक उड्यान प्राधिकरणसँग अनुरोध गरे पनि सुनुवाई हुन सकेको थिएन । अहिले विमनस्थल पुनःनिर्माणका लागि सर्भेको काम सुरु गर्न लागिएको छ । लामो समयको प्रतिक्षा पछि जिरीको विमानस्थल पुनःनिर्माणका लागि सर्भे गर्न नागरिक उड्यान प्राधिकरणबाट इन्जिनियरहरु जिरी आईसकेका छन् ।

इन्जीनयर अशोक शाहले दिएको जानकारी अनुसार बिहीबारबाट सर्भेको काम सुरु गरिएको छ । झण्डै एक सातासम्मको समय खर्चेर सर्भेको काम सकाए पछि रिपोर्ट प्राधिकरणमा बुझाइने र त्यस पछि थप काम अघि बढ्नेछ । यसअघि पनि विमानस्थल सञ्चालनमा ल्याउने प्रयास भएको थियो तर विमनस्थलको नाममा उक्त जग्गाको जग्गा धनीपूर्जा नभए पछि विवादका कारण सफल हुन सकेको थिएन । 

यो पटक कुनै विवाद उत्पन्न भए राजनीतिक दलका प्रतिनिधिहरुले सल्ट्याउने गरी भोलीबाट सर्भेको काम सुरु गर्न लागिएको नेपाली काँग्रेस जिरी नगर कमिटिका सभापति टंक जिरेलले बताए । जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि यस २०७२ फागुन १९ गते बुधबार नेपाल उड्डयन प्राधिकरणका निर्देशक धुर्वदास योक्षिमयो, वरिष्ठ अधिवक्ता योगेन्द्रराज शर्मा र दोलखा क्षेत्र नं. १ का सभासद पार्वत गुरुङ सहित जिरी नगर उद्योग वाणिज्य संघका अध्यक्ष मधुकुमार कार्की, जिरी नगरपालिकाका कार्यकारी अधिकृत मोहनकुमार श्रेष्ठ लगायत जिरीका अग्रजहरुको टोलीले अवलोकन गरेका थिए । 

अवलोकनको २ महिना १० दिन पछि नेपाल उड्डयन प्राधिकरणले सर्भेकोे लागि इन्जिनियरहरु जिरी पठाएको हो । जिरीको विमनस्थल पुन सञ्चालनमा आउन सके कुनै समय स्वीर्जरल्याण्डको जुरीच सहरसँग तुलना गरिँदै आएको जिरीमा पर्यटन विकासमा टेवा पुग्ने अपेक्ष गरिएको छ । जिरीमा पर्यटन विकास गर्न सकिए स्थानीयहरुको आर्थिक विकासमा समेत प्रत्येक्ष भूमिका रहने छ । 

२०४२ सालसम्म नियमित रुपमा सञ्चालनमा रहेको जिरी विमनस्थल सडक सञ्जालले जिरीलाई छोए पछि बन्द भएको स्थानिय होटल व्यवसाय भूमिराज खड्काले बताए । विमनस्थल बन्द भएसँगै जिरी विमनस्थलको रुपमा प्रयोग भएको जग्गा पशुविकास फार्म जिरीले भोगचलन गर्दै आएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.