Powered by Blogger.
जिरी नगरपालिका स्तरीय शान्ति समिति गठन

जिरी १९ बैशाख । नविन जिरेललाई संयोकजकको जिम्मेवारी दिँदै ९ सदस्य जिरी नगरपालिका स्तरीय शान्ति समिति गठन भएको छ । नगरपालिकाको कार्यकारी अधिकृत मोहनकुमार श्रेष्ठको सभापतित्वमा सम्पपन्न बैठकले नविन जिरेललाई संयोजकको जिम्मेवारी  तोकेको हो ।

दोलखामा जिरी नगरपालिका सहित २ नगरपालिका र ४८ वटा गाविस रहेकोमा जिल्लाको सबै गाविस र १ नगरपालिकामा यस अघि नै शान्ति समिति गठन भई सकेको छ । जिरी नगरापलिका घोषणा भए देखि जिरीमा शान्ति समिति गठन भएको थिएन । साविक तीन गाविसलाई मिलाई  जिरी नगरपालिका घोषणा    गरिएको थियो । साविक गाविस रहँदा गाविस स्तरीय स्थानिय शान्ति समिति भए पनि नगरपालिका घोषणा सँगै शान्ति समिति पुनः गठन भएको थिएन ।

जिरी नगरपालिका स्तरीय शान्ति समितिले जिरी नगरपालिका भित्र कति द्धोन्दपीडित परिवारहरु छन् उनीहरुले पाउनु पर्ने सुविधाहरु पाएका छन् छैनन्, त्यसको लगात संकलन गर्ने, द्धोन्दको समयमा भौतिक रुपमा के केसंरचनाहरु ध्वस्त भएका थिए ,  त्यस्ता  संरचनाहरु पुर्ननिर्माण भयो कि भएन, पुर्ननिर्माणका लागि राहत पाएकी पाएनन्, पाएनन् भने किन पाएनन्, कस्ता कस्ता पीडितहरुले पाएनन्, सबैको लगात संकलन गरेर जिल्लाको शान्ति समितिमा रिपोर्टिङ गर्ने यसको काम हुनेछ ।

त्यस्तै स्थानीय स्तरमा मेलमिलाप, पारस्पारीक विश्वास कायम गर्न पहल गर्ने, स्थानीय तहमा राजनीतिक एवम् सामाजीक विकासक्रमको निरन्तर सुपरीवेक्षण गर्ने, राजनीतिक गतिरोधको अन्त्य गर्ने र सम्भावित हिंसा गतिरोधलाई सामान्यकरण गर्न जस्ता कामहरु गर्नेछ । 

स्थानीय शान्ति समिति दोलखाको संयोजक बलबहादुर तामाङ, सदस्य डबल पाण्डे र गोपाल पाण्डेको उपस्थितिमा नगरस्तरीय शान्ति समिति गठन गरिएको हो । समितिमा नगरपालिकाको कार्यकारी अधिकृत मोहनकुमार श्रेष्ठ सदस्य सचिव रहेका छन् । त्यस्तै सदस्यहरुमा मित्रबहादुर जिरेल, टंक जिरेल, रामकाजी खड्का, चित्रमायाँ दहाल, पहलबहादुर काप्mले, चन्द्र खड्का र सोमला तामाङ रहेका छन् । 
जिरी सन्देश साप्ताहिकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.