Powered by Blogger.
दोलखाली भूकम्पपीडितलाई वल्र्ड भिजनद्वारा १ करोड १२ लाख रुपैयाँ राहत रकम वितरण

चन्द्र खड्का
जिरी २८ वैशाख । दोलखाको १ नगरपालिका सहित ३ गाविसका भूकम्पपीडित एकल महिला, दलित, अपाङ्ग लगायत लक्षित वर्गका लागि वल्र्ड भिजन ईल्टरनेशनल संस्थाद्वारा मासिक ७ हजार ५ सयको दरले १ हजार ५ सय परिवारलाई राहत रकम वितरण  गरिएको छ । 

भूकम्प प्रभावित जिल्लाहरुमा राहत वितरणको काम गर्दै आएको वल्र्ड भिजनले दोलखाको श्यामा, हाँवा, गैरीमुदी गाविस र जिरी नगरपालिकामा पहिलो किस्तामा १ हजार ५ सय परिवारलाई १ करोड १२ लाख ५० हजार रुपैयाँ राहत  रकम वितरण गरेको हो ।  

दोलखाको श्यामा गाविसबाट ३ सय, जिरी नगरपालिकाबाट ५ सय ९८ हाँवा गाविसबाट २ सय ५९ र गैरीमुदी गाविसबाट ३ सय ४३ जना भूकम्पपीडित एकल महिला, दलित, अपाङ्ग लगायत लक्षित वर्ग गरी १ हजार ५ सय जनालाई पहिलो चरणको राहत रकम वितरण गरेको संस्थाका क्यास फिल्ड मेनेजर कमल बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार राहत रकम क्रमशः वल्र्ड भिजनको छनौटमा परेकाहरुलाई मासिक ७ हजार ५ सय रुपैयाँको दरले ५ महिनासम्म  वितरण गरिने छ । 

५ महिनसम्म निरन्तर रकम वितरण गर्दा दोलखामा मात्र भूकम्पपीडितहरुका लागि ५६ करोड २५ लाख रुपैयाँ वितरण गर्नेछ । संस्थाले रकम वितरणको कामलाई छिटो र पारदर्शी बनाउनका लागि वित्तीय संस्थाहरुलाई राहत रकम वितरणको जिम्मा दिएको वल्र्ड भिजनले बताएको छ । वित्तीय संस्थामा पनि सहकारीहरु सबैभन्दा बढी वल्र्ड भिजनको छनौटमा परेका छन् । रकम वितरण प्रक्रिया छिटो र पारदर्शिताको लागि रेमिट सिस्टमबाट वितरण गरिएको राहत रकम वितरण्को जिम्मा पएको जनसहयोगी साकोस मालीका प्रबन्धक गणेशबहादुर खड्काले बताए । 

विनासकारी भूकम्प गए देखि नै जिल्लामो विभिन्न राहतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको वल्र्ड भिजनले यस अघि भूकम्पपीडितहरुको जीवन स्तर उकास्ने उद्देश्यका साथ दैनिक जविनमा प्रयोग हुने विभिन्न सामाग्री, विउ विजन, कृषि औजर लगायतका वितरण गरेको थियो । भूकम्पपछि जिल्लामा राहतका प्याकेज ल्याउँदै धेरै संघ संस्थाहरु भित्रिए पनि जिरी र आसपास क्षेत्रका भने भूकम्पपीडितहरुको घाउमा वल्र्ड भिजनले मलम लगाउने काम गर्दै आएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.