Powered by Blogger.
स्थानीय निकायको निर्वाचन मङ्सिरमै हुन्छः सञ्चार मन्त्री राई

दोलखा, २८ वैशाख । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारको नीति तथा कार्यक्रममा घोषित स्थानीय निकायको निर्वाचन आगामी मङ्सिर महिनामै गर्ने बताए । 

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समितिको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै स्थानीय निकायको निर्वाचन नहुँदा वेथिति बेढेकाले निर्वाचन अपरिहार्य भएको धारणा राखे । 

सरकारले हालै संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम संविधानको भावना अनुसार नै आएको बताउँदै उनले जेठ १५ गते संसद्मा प्रस्तुत हुने बजेट समेत अहिलेसम्मकै उत्कृष्ठ हुने उनको दाबी थियो । उनले बजेट समृद्धि र मुलुकको दुरगामी विकासतर्फ लक्षित हुने उल्लेख गरे ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.