Powered by Blogger.
सहकारी मार्फत सदस्यहरुलाई उत्पादनशील कार्यमा लाग्न प्रेरीत गर्नुपर्छः उपाध्यक्ष खड्का


चन्द्र खड्का

जिरी, २० चैत्र ।
सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ दोलखाका उपाध्यक्ष भुमिराज खड्काले सहकारी  मार्फत सदस्यहरुलाई उत्पादनशील कार्यमा लाग्न प्रेरीत गर्नु पर्ने बताएका छन् । 

५९ औ सहकारी दिवसको अवसरमा दोलखाको पर्यटकीय नगरी जिरीमा नगरपालिका भित्रका सहकारी संस्थहरुको संयुक्त कोणसभालाई सम्बोधन गर्दै खड्काले सहकारी मार्फत सदस्यहरुलाई उत्पादशील बनाउनु पर्नेे बताएका हुन् । पछिल्लो समयमा सहकारीहरु नाम मात्रको भएको र सहकारीमा विकृति फैलाउँदै गएको उल्लेख गर्दै देशको आधा अर्थतन्त्र धानेको सहकारी क्षेत्रले मात्र आम सर्वसाधारणको जीवन स्तर उकास्न सक्ने भएकाले सदस्यहरुलाई ऋण लगानी गर्दा आयआर्जन मुलक क्षेत्रमा बढि प्रोत्सान गर्नु पर्ने खाँचो समेत औंल्याएका छन् । 

५९ औ सहकारी दिवस को अवसरमा दोलखाको जिरी नगरपालिका भित्र रहेको जनसहयोगी बचत तथा ऋण सहकारी संस्था लि. जिरी २ माली, एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था जि.न.पा. ५ जिरी, आकाशदिप बचत तथा ऋण सहकारी संस्था लि. जि.न.पा. ६ हाटडाँडा र जिरेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि. जि.न.पा. ६ हाटडाँडाले संयुक्त रुपमा ५९औ सहकारी दिवस मनाएका हुन् । 

पर्यटकीय नगरी जिरीबाजरबाट संयुक्त रुपमा निकालीएको ¥याली बजार परिक्रम पछि  कोण सभामा परिनत भएको थियो । ¥यालीमा सहकारी कर्मी, सहकारी प्रेमी, सहकारीका शेयर तथा बाल सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । दुई वर्ष अघिसम्म सहकारी दिवस मनाउन सदरमुकाम चरिकोटमा जाने गरेका सहकारी संस्थाहरु अहिले आ–आफ्नो क्षेत्रमा नै सहकारी दिवसलाई मनाउँदै आएका छन् ।

नेपालमा वि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापित भएको स्मरण गर्दै प्रत्येक वर्षको चैत्र २० मा राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३४ हजार सहकारी संस्थाहरु रहेका छन् । रोजगारी सिर्जना, न्यूनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.