Powered by Blogger.
नयाँवर्षदेखि नै जिरी नगरपालिका, श्यामा र माली गाविसमा अन्धकार, रामेछापमा रेडियो प्रशारणमा अवरोध

दोलखा, २ वैशाख । नववर्ष २०७३ साल अर्थात वैशाख १ गतेदेखि विद्युत आपुर्ती बन्दहुँदा दोलखा जिल्लाको एक नगरपालिका सहित दुई गाविस अन्धकारमय भएका छन् ।

बुधबार मध्यान्नदेखि विद्युत आपुर्ती बन्दहुँदा जिरी नगरपालीका, श्यामा र माली गाविस अन्धकारमय भएको स्थानीय सञ्चारकर्मी चन्द्र खडकाले बताए ।  राष्ट्रिय प्रसारण लाईन अन्तर्गतको विद्युत आपुर्ती बन्दहुँदा रामेछापको रेडिया कैरन ९६.४ मेगाहर्ज बुधबार मध्यान्नदेखि प्रशारणमा आउन सकेको छैन् ।

लाईन अवरोधहुँदा दोलखाको एक नगरपालिका, दुई गाविसका साथै रामेछाप जिल्लाको बाम्ती भण्डार, ठोसे, शिवालय, गर्जाङ देउराली समेत अन्धकारमय भएको छ । विद्युतआपुर्ती बन्दभएसँगै स्थानीय मानिसले आफन्तलाई सम्पर्क गर्न नसेको, सञ्चारको पहुँचबाट बञ्चित भएको खडकाको भनाई छ ।

विद्युत आपुर्ती बन्दभएसँगै लाइनफोन र नेपाल टेलिकमका फोनहरु बन्द भएका छन् भने एनसेल सञ्चालनमा रहेको छ । यस विषयमा जानकारी लिन जिल्ला विद्युत प्राधिकरण को यो नम्बर (०४९—४२११०९) मा पटक –पटक सम्पर्क गर्दासमेत सम्पर्क हुन सकेन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.