Powered by Blogger.
खडकको कटेजमा आगलागी हुँदा पाँच लाखको क्षती, भेड्पुका अधिकारी गाडीमा मृत अवस्थामा फेला

दोलखा , १ वैशाख । दोलखा जिल्ला मालु–२ फेदी बस्ने खडक बहादुर खड्काको कटेजमा आगलागी भएको छ । बुधबार बिजुली सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । 

आगलागीहुँदा कटेजका साथै लत्ताकपडा, अन्नपात नष्ट भएको छ भने नगद १ लाख रुपैयाँ सहित जलेर नष्ट भएको छ । नगदसहित करीव ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जाएको छ ।

यस्तै दोलखा, भेड्पु, २ बस्ने ३४ वर्षीय राजेश अधिकारी सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–३२ पानीट्याङ्की नजिक पार्किङ गरी राखेको बा.१ ख ९९६८ नम्बरको नेपाल यातायातको बसभित्र सुतेका सोही गाडीका सहचालक अधिकारीको मृत्यु प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.