Powered by Blogger.
‘चलचित्र नगरी’ को प्रक्रिया अघि बढिसक्यो : मन्त्री पोखरेल

काठमाडौँ, ३ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखाको लाकुरी डाँडाँस्थित खरीढुङ्गामा बन्न लागेको ‘चलचित्र नगरी’ को प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

मन्त्री पोखरेलले यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरु भित्रिनुका साथै उल्लेख्य रुपमा पर्यटक आउँदा स्थानीयको आर्थिक विकास हुने समेत बताए ।

नेकपा (एमाले) दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्धारा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा अन्तरक्रियामा मन्त्री पोखरेलले हिन्दु सर्किट र बुद्ध सर्किट निर्माण गरी आगामी पाँचवर्षभित्रमा २६ लाख पर्यटन भित्रयाउने गरी पुर्वाधार तयार सरकारले गरिरहेको जानकारी दिए ।

भूकम्प पीडितका लागि राष्ट्रिय पुनः निर्माणको काम बुङ्मती र रानीपोखरीबाट सुरु भइरहेको र राष्ट्रिय पुननिर्माण प्राधिकरणले काम सुरु गरिसकेको हुनाले तीन वर्षभित्र सबै सम्पदाहरुको निर्माण पूरा गर्ने विश्वास व्यक्त गरे ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सांसद पार्वत गुरुङले दोलखाको समृद्धिका लागि चलचित्र नगरी निर्माणका साथै त्यहाँका धार्मिक तथा पर्यटकीय स्थानको प्रवद्धन गर्न आवश्यक रहेको बताए ।

कलाकार मदनदास श्रेष्ठले दोलखा पर्यटकीय दृष्टिकोणले उपयुक्त गन्तव्य भएपनि त्यसको पहिचान गरेर विकास गर्न नकसेको हुनाले र पर्याप्त रुपमा त्यसको जानकारीको अभावका ओझेलमा परेको विचार व्यक्त गरे । कार्यक्रममा मञ्चले प्रकाशन गरेको २०७३ सालको क्यालेनडरको समेत मन्त्री पोखरेलले विमोचन गरेका थिए ।



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.