Powered by Blogger.
चट्याङ लागेर गौरीमुदीका सुमनको मृत्यु

दोलखा, १६ चैत । दोलखामा हावाहुरीसँगै परेको चट्याङले लागेर गौरीमुदी गाविस–८ का १६ वर्षीय सुमन मगरको मृत्यु भएको छ ।

घरमा बसिरहेको अवस्थामा चट्याङ लागी अवस्था गम्भीर भएपछि उपचारका क्रममा काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारका अनुसार हावाहुरीले अन्य केही घरमा पनि क्षति पुगेको छ । लाइटनेपालबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.