Powered by Blogger.
संघले भद्र अवज्ञालाई शसक्त बनाउदै



काठमाडौं, १४ चैत । वैदेशिक रोजगार व्यवसायी संघले फागुन २२ गतेबाट सुरु गरेको भद्र अवज्ञालाई झनै शसक्त बनाउने भएको छ । 

संघले रोजगारीका लागि विदेश जाने कामदार र व्यवसायीको हितमा काम सरकारी पक्षबाट काम नभएको, राज्यका विभिन्न निकायले व्यवसाय गर्ने बाताबरणमा अवरोध सृजना गरेको भन्दै सुरु गरेको भद्र अवज्ञाको कार्यक्रमलाई झनै कडा बनाउन लागेको संघका महासचिव रोहन गुरुङले बताए । १८ गते बिहीबार भद्र अवज्ञालाई शसक्त बनाउन बृहत व्यवसायी भेला आयोजना गरिने उनले बताए ।

जेठ २६ गते श्रम तथा रोजगार मन्त्रालय (राज्यमन्त्री स्तरीय) निर्णयको केही बुँदाहरु संशोधन गर्नु पर्ने माग सहित फागुन २२ गतेबाट वैदेशिक रोजगारीमा कामदार पठाउने कार्य स्थगित गरी भद्र अवज्ञाको कार्यक्रम गरेपनि सरकारले खासै वास्ता नगरेको संघको आरोप छ ।

 उद्योग धन्दा बन्द हुनु, महाभूकम्पका कारण पर्यटन क्षेत्र शिथिल हुनु, गाउँ घरमा यातायात बिजुली तथा सिँचाईको व्यबस्था नभएको कारण कृषी क्षेत्रमा यूवाहरु चाहेर पनि आश्रित हुन नसकेको अवस्थामा वैदेशिक रोजगारीमा गएका युवाहरुले मासिक पठाइरहेको करीब १ अर्ब १५ करोड रेमिट्यान्सबाट  अर्थतन्त्रमा सहयोग पुगेको अवस्थामा राज्यले कुनै रोजगारीको व्यबस्था गर्न नसक्ने र व्यवसायीलाई काम गर्ने बाताबरण नरहेको अवस्थामा व्यवस्थित गर्ने भन्दा आतंकित बनाउने कार्य गरिरहेको प्रती संघले खेद प्रकट गरेको महासचिव गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

संघले नेपाल सरकारका विभिन्न निकायहरुमा यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र अझ सुरक्षित गर्न÷गराउन नितिगत सुधार गर्न लामो समय देखि माग गरेको र हालसम्म छलफलमा मात्र सिमित भई कुनै ठोस निर्णय नगरेको हुदाँ संघको संघले भद्र अबज्ञालाई अझ सशक्त बनाउन लागेको जनाइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.