Powered by Blogger.
चौतारी दोलखा अध्यक्षमा रिजाल

दोलखा, २६ माघ । 

प्रेस चौतारी नेपाल दोलखा शाखाको छैंठौँ अधिवेशन बाट मोहन रिजाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न अधिवेशनले रिजालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा नविन खतिवडा, सचिवमा शेरबहादुर भुजेल, सहसचिवमा प्रभु जिरेल र कोषाध्यक्षमा जगदिश शिबाकोटी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा निरासी थामी, उषा पार्खीन, मन्दीरा सुवेदी, तारा बहादुर महत, दशरण गिरी र ईश्वर पौडेल रहेका छन् । बाँकी दुईजना कार्यसमितिले मनोनयन गर्ने अध्यक्ष रिजालले बताए ।

उनले उत्कृष्ठ जिल्ला शाखाको प्रतिष्ठालाई निरन्तरता दिँदै दोलखामा पत्रकारिताको विकास, श्रमजिवी पत्रकारका मुद्वा समाधान र दक्ष र व्यवसायीक पत्रकारहरुको क्षमता अभिवृद्वीमा नयाँ नेतृत्व क्रियाशिल रहने प्रतिवद्वता जनाए । ‘म अग्रजहरुको सल्लाह सुझाव र मार्गदर्शन अनुरुप सबैलाई समन्वय गर्दै अघि बढनेछु, उनले भने ।’  

अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष अर्यालले दोलखा जिल्ला उत्कृष्ठ भएकोमा बधाई दिँदै अधिवेशन सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष ईश्वर चन्द्र पोखरेल, चौतारीका सल्लाहकार गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष दुर्गा शर्मा, मध्यमाञ्चल उपाध्यक्ष उपेन्द्र केसी, पुर्वाञ्चल उपाध्यक्ष कुशल बाबु बस्नेत, महासचिव माधव नेपाल, सचिव गणेश पाण्डे, बाग्मती अञ्चाल अध्यक्ष विष्णु तारुके महासंघका केन्द्रीय सदस्य चिरन्जीवि मास्के लगायतको उपस्थिती रहेको थियो । अधिवेशनलाई निवर्तमान अध्यक्ष शरद सापकोटा लगाएतले सम्बोधन गरेका थिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.