Powered by Blogger.
बुद्धिमान स्मृति पत्रकारिता पुरस्कारबाट बस्नेत पुरस्कृत



दोलखा, २६ माघ । 

प्रेस चौतारी नेपालका सल्लाहकार तथा राजधानी दैनिकमा समाचार सम्पादक गणेश बस्नेत सम्मानित भएका छन् । दोलखा शाखाले बस्नेतलाई ‘बुद्धिमान स्मृति पत्रकारिता पुरस्कार २०७२’ बाट सम्मानित गरेको हो ।

छैटौँ जिल्ला अधिवेशनका अवसरमा नगद १० हजार रुपैयाँसहित प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल र नेकपा (एमाले) दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले संयुक्त रूपमा सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य चिरञ्जीवी मास्केको संयोजकत्वमा गठित पुरस्कार छनोट समिति ठगन भएको थियो । पत्रकारितामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरेको हो ।

चौतारीको आठौँ राष्ट्रिय महाधिवेसनमा अध्यक्षको प्रवल दावेदारका रुपमा रहेका दोलखा सुरीका बस्नेत विगत दुई दशक देखि पत्रकारितामा कृयाशील छन् ।

ठुलो पातल गाविसका पुर्व अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य बुद्धिमान पार्खीनलाई द्वन्दको समयमा एमाओवादीले सुनखानीमा विभत्स हत्या गरेका थिए । उनको स्मृतीमा उनकी धर्मपत्नी तथा पुर्व सभासद शान्ति पार्खिनले पुरस्कारको स्थापना गरेकी हुन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.