Powered by Blogger.
राष्ट्रपति रनिङ शिल्ड जिरी उमाविको कब्जामा

दोलखा, २४ माघ । 

पाँचौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जिरी उच्चमाविले आफ्नो पक्कडमा पार्न सफल भएको छ ।

जिरीमा शनिबार सम्पन्न फाइनल खेलमा जिरी उच्चमाविले हात पारेको हो । उपाधिहात पारेको उमाविले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाएको छ ।

 प्रतियोगितामा हनुमन्तेश्वर उच्चमाविले दोस्रो स्थान हासिल गर्दै १२ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाएको छ । यस्तै बौद्धभुवनशेवरी उमाविले तृतिय स्थान हासिल गरेर नगद ९ हजार सहित शिल्ढ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजयी विद्यालयका समुहलाई दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने लगाएतले पुरस्कार वितरण गरेका छन् ।

शनिबार भएको भलिबल खेलमा छात्रतर्फ सुर्के मावि भण्डारे प्रथम, जनज्योती उमावि द्धितिय र नारायणी उमावि भिरकोटको समुह तृतिय भएका छन् । भलिबल खेलको छात्रातर्फ हनुमन्तेश्वर उमावि प्रथम, जिरी उमावि द्धितिय र बौद्धभुवनशेवरी उमाविका समुह भएका छन् ।
तस्विर: नरबहादुर जिरेलको फेसबुकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.