Powered by Blogger.
यस्तो छ कांग्रेस दोलखाको मतपरिणाम

दोलखा, २४ माघ ।

नेपाली कांग्रेस दोलखाको दुवै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । शुक्रबार भएको निर्वाचनमा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा महिलातर्फ विनिता काफ्ले अधिकारी एकसय ६६ मत, लिला गुरुङ एक सय २६ मतले विजयी भएका छन् ।

जनजातिबाट श्यामसुन्दर तामाङ एक सय ११, अल्पसङख्यकबाट केन्द्र बहादुर सुनुवार ९३ मत पाएर विजयी भएका छन् ।  खुल्लातर्फ जिपछिरिङ लामा ३ सय १, मतका साथ विजयी भएका छन् । रुद्र बहादुर खडक २ सय १९, कुन्दनराज काफ्ले एक सय ८७, उद्धवराज काफ्ले एक सय ६२,  बर्मा लामा एक सय ५८, र देवी न्यौपाने  एक सय ४३ मत पाएर विजयी भएका छन् ।

अधिवेशनले क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमिति भने सर्वसम्मत रुपमा चयन गरेको छ ।  यसैगरी क्षेत्र नम्बर दुइबाट महाधिवेशन प्रतिनिधिमा महिलातर्फ गिता शिवाकोटी एक सय ८० मत ल्याएर विजयी भएकी छिन् भने मोती मोक्तान १ सय ११ मतका साथ विजयी भएकि छिन् । अल्पसङख्यकबाट गोपीलाल थामी एक सय ६८, दलितबाट मोहन रिजाल एक सय ६२, जनजातिबाट च्याङा शेर्पा ९९ मत ल्याएर विजयी भएका छन् ।

खुल्लाबाट तारा बहादुर कोइराला २ सय २९ मत ल्याएर महाधिवेशन प्रतिनिधि छर्नौट भएका छन् । इश्वर मानन्धर २ सय १३, बाबुकाजी बस्नेत  १ सय ७६, आङनिमा शेृर्पा एक सय ४७, केशवराज चौलागाई एक सय ३३ र कुलराज थापा १ सय ७ मतका साथ विजयी भएका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.