Powered by Blogger.
भूकम्पपछि निर्माण गरिएका नमुनाघरको अनुगमन सम्पन्न

दोलखा, २३ माघ ।

१२ वैशाखमा गएको भूकम्प, २९ वैशाखको शक्तिशाली पराकम्पनका कारण क्षतिपुगेका जिल्लामध्ये दोलखा पनि हो । जहाँ अहिले पनि पराकम्प आउनेक्रम जारी नै छ । 

भूकम्पले स्थानीयको घर भत्काएपछि निर्माण गरिएका घरको अनुगमन भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले सुन्द्रावती, सुनखानी, शुष्पा–क्षमावती गाबिसमा निर्माण भएको नमूना घरहरुको अनुगमन गरेको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय कोषाध्यक्ष देबेन्द्रबहादुर प्रधानको नेतृत्वमा अनुगमन भएको हो ।

प्रधानले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले भूकम्पबाट धेरै असर भएको दोलखा जिल्लामा कुशलतापूर्वक गर्नुपर्ने बताए । अनुगमनमा केन्द्रिय कार्यालयका पदाधिकारी र जिल्ला शाखाका अधिकारीहरुको उपस्थिती रहेको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.