Powered by Blogger.
दोलखामा कांग्रेसको गुमेको शाख फर्काउन मेरो उम्मेद्वारी

 

दोलखा जिल्लामा इश्वर मानन्धर कुनै नयाँ वा नौलो नाम होइन् । गौरीशंकर क्याम्पसबाट राजनीति यात्रा सुरु गरेका मानन्धर गौरीशंकर क्याम्पसको इकाई अध्यक्ष हुँदै तरुणदल दोलखा जिल्लाको पुर्व अध्यक्ष समेत बनि सकेका छन् । कुनै पनि विवादीत काममा नमुछिएका, स्वच्छ छविभएका मानन्धर नेपाल तरुणदलका केन्द्रीय सचिव समेत बनिसकेका छन् । 

राजनीतिमा युवापुस्तालाई ससम्मान समावेश गराउनु पर्छ र उनीहरु जिँउने आधार तयार पर्न पार्टी नेतृत्वले बाटो खोली दिनु पर्छ, त्यसका लागि आर्थिक र सामाजिक पक्षलाई सँगसँगै अघि बढाउनु पर्ने मान्यता मानन्धरको छ । उनले तरुणदलको जिल्ला अध्यक्षहुँदा कांग्रेस सम्बद्व युवाहरुलाई भेला गरेर संगठन मजबुत बनाउनेकाम समेत गरेका छन् । यसअघिको १२ औँ महाधिवेसनमा जिल्ला सभापतिको रुपमा हेरिएका मानन्धनरले संविधान सभाको दोस्रो निर्वाचनमा प्रत्यक्ष तर्फको टिकट पाउने पक्कापक्की जस्तै भएर वर्तमान सभापति ताराबहादुर कोइरालालाई सहयोग गरेका हुन् । पछि उनले टिकट भने पाउन सकेनन् । मानन्धर पुनः १३ औँ महाधिवेशनमा सभापतिको उम्मेद्ववारका रुपमा मैदानमा रहेका छन् । उनै दोलखा जिल्ला कांग्रेस सभापति उम्मेद्वार ईश्वर मानन्धरसँग हाम्रो दोलखा डटकमले गरेको कुराकानीः

जिल्ला सभापतिमा उम्मेदवारी दिनु भएको छ, के छन् तपाईका एजेन्डा ?

विगतको निर्वाचनको परिणामहरुलाई हेर्दा कांग्रेस दोलखामा पराजीत हुँदै आएको छ । यो अवस्थालाई मध्यनजर गर्दै पार्टीलाई भोलीको दिनमा प्रतिपक्षी पार्टीहरुसँग प्रतिस्पर्धा गर्न सक्नेगरि मजबुत बनाउनु पर्ने आवश्यक छ ।

कांग्रेसको संगठन सुदृढ रुपमा अगाडी बढाउने लक्ष्यकासाथ लागी परेको छु । यसकालागि म सँग धेरै एजेन्डाहरु रहेका छन् । हिजो विपी, गिरीजा प्रसाद कोइराला जस्ता नेताहरु थिए । अहिले त्यो नेतृत्वपंति हामीसँग छैन । त्यसले गर्दा आम नेता तथा कार्यकर्तालाई एक सुत्र गर्ने नेतृत्वको अभाव छ । अहिले तल्लो तहदेखि नै संगठन सुदृढीकरणको खाँचो छ । अहिले कार्यकर्ताको शिर निहुरीएको छ । उनीहरु निकै नै निरास बनेका छन् । त्यसकारण दोलखाको संगठनलाई सुदृढीकरण बनाउनका लागि मेरो उम्मेदवारी रहेको हो । 

संविधान सभाको दोस्रो निर्वाचनमा दोलखाको दुवै क्षेत्रबाट कांग्रेस हार्यो, आगामी दिनमा दुवै क्षेत्रबाट जिताउन तपाईसँग कस्तो योजना छ ?

भिम बहादुर तामाङ दाईसँग नेतृत्वको सशक्त पुँजी थियो, त्यो पुँजीलाई हामीले समयमा नै सदुपयोग गर्न सकेनौं । मैले विश्लेषण गर्दा पार्टीपंक्ती एकल नेतृत्वबाट सञ्चालन गर्दा खासै प्रभावकारी नहुने रहेछ । त्यसकारण भोलीको दिनमा सामोहिक नेतृत्वमा जानु पर्ने छ । 

यसलाई आत्मासाथ गरेर अघि बढने र दोलखा जिल्लामा मेरो कार्यकालमा केही नयाँ काम गरेर देखाँउछु । जसले नेपाली कांग्रेसको गुमेको शाख जोगाउने छ । यो कुरामा म पुर्ण विश्वस्त भएका कारण मैले पार्टीको १३ औँ महाधिवेशनमा दोलखा जिल्लाको जिल्ला पार्टी सभापतिमा उम्मदवारी दिने निर्णय गरेको हुँ । 

महाधिवेशन नजिँकीदै गर्दा महाधिवेशन भन्दा नेतृत्वमा ध्यान गईरहेको छ । तीन जना नेताले अध्यक्षमा दावी गरेका छन् । यसलाई तपाईले कसरी मुल्याङकन गर्नु भएको छ ?

कांग्रेस अब २१ औँ शताब्दीको पार्टी बन्नु पर्छ । अब पनि पार्टी पुरानै शैलीमा चल्न थालेको खण्डमा समस्या पैदा हुन्छ । यो समय अनुसारको कार्यकार्ता, व्यवस्थापन र बदलिदो समय अनुसारको नेतृत्व आवश्यक छ । पार्टी जुन वर्तमान कार्यशैली छ त्यो कार्यशैलीले कांग्रेसको भलाई हुँदैन् । अब तल्लो तहदेखि नै पार्टीको नेतृत्व संगठन निर्माण गर्न जरुरी छ । आर्थिक, सामाजीक कुरामा पनि पार्टीको ध्यान जान जरुरी छ । 

राजनीतिको नाममा पार्टीका कार्यकर्ता भोकै दौडिनु पर्ने बाध्यता छ । यसलाई हटाएर आर्थिक सामाजीक रुपमा कार्यकर्ताहरुलाई समृद्व बनाँउदै आत्मानिर्भरको बाटोमा लैजानु पर्छ । त्यसमा पार्टी नेतृत्वले सोच्नु पर्दछ । पार्टी नेतृत्वमा को जाने भन्ने सामान्य कुरा हो । यो जहाँ पनि हुन्छ । त्यो सँगै विचार, दृष्टिकोण सबै कुरालाई मिलाएर पार्टी पङत्तीले लैजानु पर्छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.