Powered by Blogger.
कोइरालाले संस्थापन छोडेर देउवालाई सहयोग गर्दा खैलाबैला

दोलखा, २१ माघ । 

 जिल्ला सभापति तारा बहादुर कोइरालाले पार्टीको गुट परिवर्तन गरेलगत्तै दोलखा काँग्रेसमा नयाँ समिकरण देखापरेको छ । संस्थापन पक्षका रुपमा रहेका  सभापति कोइराला भएर १२औं महाधिवेशनमा सभापति शुसिल कोइरालाको प्रस्तावक भएर लागेका तारा बहादुर कोइराला १३ औ महाधिवेशनसम्म आइपुग्दा आफै प्रस्तावक भएर जिताएका शुसिल कोइरालालाई छोडेर देउवा पक्षमा गएका छन् । शुसिलसँग टाढा भएका ताराले संस्थापनकै उपसभापति रामचन्द्र पौडेलसँग नजिक हुने प्रयास गरेका थिए ।

 तर पौडेलले पनि उनलाई आफ्नो क्याम्पमा सभापति थपिने भएपछि स्वागत गरेका चर्चा चलेको थियो । कोइरालाले महाधिवेशन आएपछि भने अचानक काँग्रेस बरिष्ठ नेता देउवासँग नजिकिएका छन् । कोइरालालाई देउवाकहाँ पुर्‍याउने काम भने काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा निर्माण व्यवसायी जीपछिरिङ लामाले गरेको समेत चर्चा चल्न थालेको छ । देउवा कुनै पनि हालतमा महाधिवेशनबाट सभापति हुने तयारीमा लागेका छन् । जानकार स्रोतका अनुसार कोइराला केन्द्रीय सदस्य हुने तयारीमा रहेको बुझीएको छ ।

देउवा सभापति भएको खण्डमा कोइराला केन्द्रीय सदस्य हुने पक्का नै छ । देउवाकहाँ पुग्दै गर्दा कोइरालाले माघको दोस्रो साता काठमाडौंमा देउवाका रणनीतिकार विमलेन्द्र नीधिसँग पनि भेट गरेर आफूलाई केन्द्रीय सदस्यमा उमेद्वार बनाएर टीममा राख्न आग्रह गरेको बुझीएको छ । कोइराला ४ पटक सभापति हुँदा जिल्लामा सबै आफ्नो अनुकुल बनाएको आरोप छ । देउवाका समुहमा रहेर काम गर्दै आएका देवी न्यौपानेहरु पनि यो गठवन्धनले आजित भएका छन् । उनीहरु यो अप्राकृतिक गठवन्धनले उनीहरुलाई मात्र फाइदा हने तर जिल्लाको पार्टी संगठन विग्रने चिन्ता गर्छन ।

संस्थापनमा पनि आफूलाई ठीक्क पारेर केन्द्रीय समितिमा उमेद्वारी दिनका लागि बढीभन्दा बढी महाधिवेशन प्रतिनिधी बनाउन लागिपरेका शेर्पा र कोइरालाको गठवन्धनको बारेमा धेरैले सकारात्मक रुपमा भन्दा पनि स्वार्थको खोजी शुरु गरेका छन् । विशेषगरि क्षमावती, वावरे, डाँडाखर्क लगायतका आधा दर्जन गाविसको समस्या पनि पार्टी एकलौटी बनाउने प्रयासको उपज हो । विवाद कायमै नेपाली कांग्रेस गाउँ अधिवेशनको निवार्चन र क्षेत्रिय प्रतिनिधी छनोटको क्रममा दोलखाका विभिन्न आधा दर्जन गाविसहरुमा विवादसँगै निबार्चनको क्रममा धाधली भएको भन्दै निर्बाचन आयोगमा उजुरी परेको छ।

यस विषयमा जानकारी लिन खोज्दा सभापति कोइरालाले लामो हाँसो हाँस्दै भने ‘पहिलो कुरा हामी कांगे्रसी हौ कुनै गुटको हैन् । समयको माग अनुसार अघि बढनु पर्छ । अहिले जिल्ला मै केन्द्रीत भएका कारण केन्द्रीय नेतृत्व चयन गर्ने विषयमा सोचिएको छैन । जिल्लामा निर्वाचन भन्दा पनि सर्वसम्मत रुपमा नेतृत्व लिने प्रयास भएको कोइरालाले बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.