Powered by Blogger.
मिर्गेका विद्यार्थीहरुलाई सिरक वितरण



दोलखा, २० माघ । 

दोलखा जिल्लाको मिर्गे गाविसका विद्यार्थीलाई सिरक वितरण गरिएको छ । अमेरिकाको टेक्सासमा बसोबास गर्ने नेपालीहरुको संस्था नेप्लीज सोसाईटी फर टेक्सासले सिरक वितरण गरेको हो ।

दोलखा जिल्लाका विभिन्न क्षेत्रका भूकम्पबाट अति प्रभावित २५ विद्यार्थीलाई न्यानो कार्यक्रम अन्तर्गत सिरक वितरण गरिएको संस्थाका नेपाल शाखाका कार्यक्रम संयोजक शंखुप्रसाद जैशीले बताए । ‘भूकम्पबाट कष्टकर जीवन विताईरहेका विद्यार्थी तथा वृद्धहरुलाई मानविय रुपमा प्राथमिकतामा राखि सहयोग गरिएको हो’, जैशीले भने ।

संस्थाले जिल्लाको कालिञ्चोक गाविसका २ सय ५० जना वृद्धहरुलाई  सिरक वितरण समेत गरेको जैशीले जानकारी दिए । कालिञ्चोक गाविसमा केही समयअगाडी भएको हिमपातका कारण झनै चिसो बढेको थियो । यसले गर्दा टहरामा बसोबास गरिरहेका वृद्धहरुलाई झनै सकस पर्दै गएको जानकारी आएपछि सिरक वितरण गरिएको संस्थाले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.