Powered by Blogger.
माथिल्लो तामाकोसीको काम सुस्तगतिमा

दोलखा, २० माघ ।

भूकम्पका कारण थलिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम सुस्तगतीमा अगाडि बढिरहेको छ । विद्युत् र पहुँचमार्ग मर्मत समस्याका कारण काम केही समयअघिदेखि सुस्तगतिमा अघि बढेको हो ।

सडक मर्मत पूरा भइनसकेको र पोल ढलेका कारण केन्द्रीय प्रसारण लाइनको बिजुली अवरुद्ध भएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहको काम त्यसबाट प्रभावित बनेको छ ।

तामाकोसी आयोजनाका प्रवत्ता डा गणेश न्यौपानेका अनुसार सिँगटी– लामाबगर सडकको गोगर लामाबगर सडकखण्ड पूर्णरुपमा क्षति भएपछि आयोजनाको सामान ढुवानी गर्न र मानिस आवतजावत गर्न समेत समस्या भएको छ । सदरमुकाम चरिकोटमा रासससित कुरा गर्दै प्रवत्ता न्यौपानेले सडक अवरुद्ध हुँदा आवश्यक सामग्री ढुवानी गर्न समस्या भएको र सुरुङमा जम्मा भएको पानी फाल्ने काम समेत प्रभावित बनेको बताए ।

आयोजनास्थल पुग्ने सडकको काभ्रे– भीरखण्डमा अत्यन्त जोखिम रहेको र मर्मतमा समेत समस्या भएकाले ढिलाइ भइरहेको न्यौपानेको भनाइ छ । उक्त खण्डको करिब २०० मिटर सडकलाई पुरानै ठाउँमा मर्मत गरेर वा सुरुङ मार्ग बनाएर लैजाने भन्ने विषयमा अध्ययन भइरहेको छ ।

यस्तै सिँगटीबाट आयोजनाको विद्युत् गृह रहेको गोङ्गरसम्मको ३३ केभी प्रशारण लाइनको करिब ४० वटा पोल भूकम्पबाट क्षति भएपछि आयोजना स्थलसम्म केन्द्रीय प्रशारण लाइनको बिजुली पुग्न समस्या भएको छ । ‘पेट्रोलियम पदार्थको अभाव हुँदा जेनेरेटरको सहयोगमा मात्र काम गर्न कठिन भएको छ’ न्यौपानेले भने । यसले आर्थिक भार समेत बढ्ने देखिन्छ ।

भूकम्पले क्षति पु¥याएको ३३ केभी प्रशारण लाइनको पोल मर्मत कार्य दुई हप्ताभित्र सकिने प्रवक्ता न्यौपानेले बताए । केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेपछि मात्र काममा केही सहजता हुने छ । विसं २०७३ सालभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको ४५६ मेगावाट क्षमताको तामाकोसी आयोजना भूकम्पको कारण एकवर्ष ढिला हुने र उक्त काम २०७४ को अन्त्यतिर सम्पन्न हुने न्यौपानेको भनाइ छ ।

केन्द्रीय प्रशारण लाइनको बिजुली पुग्न नसकेको कारण अहिले दैनिक करिब ६ घण्टा जेनेरेटरको भरमा काम भइरहेको छ । भूकम्पले क्षति पुगेको पोल धमाधम मर्मतको काम भइरहेको र करिब १९ वटा पोल मर्मतको काम बाँकी रहेको आयोजनाले जनाएको छ । नेप्लिजबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.