Powered by Blogger.
भूकम्प पीडितलाई रणभिम गणको सहयोग

दोलखा,२० पुस ।

चिसोले कठ्याङ्ग्रीएर मृत्य् भएका दोलखा नाम्दु ३ का ४८ बर्षिय केशब घिमिरेको परिवारलाई सहयोग गरिएको छ । विभिन्न सञ्चार माध्यममा उनले पाएको दुःखका समाचार प्रकाशित भएको र किरीयामा बसेको फोटो सार्बजनिक भएपछि उनको परिवारलाई बिभिन्न सहयोग जुटेन थालेको छ ।

घिमिरे परिवारलाई दोलखामा रहेको रणभिम गणले दाल, चामल, चिनी, बिस्कुट चियापत्ती, नुन, तेल, तरकारी लगायतका सामाग्री सहयोग गरेको छ । घिमीरे परिवारलाई न्यानोका लागि भन्दै सेनाले ५ थान ब्याल्ङकेट (कम्बल) समेत उपलब्ध गरादिएको छ । सेनाले उपलब्ध गराएको सामाग्री नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीबि मास्के, राष्ट्रिय समाचार समिति दोलखाका समाचारदाता गोकर्णप्रसाद भण्डारी लगाएतले हस्तान्तरण गरेका छन् ।

दोलखामा रहेको रणभिम गणका गणपति प्रमुख सेनानी मधुसुदन नरसिंह राणाले मानबिय सम्बेदनालाई हरेर घिमिरे परिवारलाई सहयोग उपलब्ध गराएको बताए । सह– सेनानी मनोज मगरका अनुसार आफ्नो कार्यालयको आन्तरिक श्रोतबाट घिमिरे परिवारलाई सहयोग गरिएको हो ।  सामग्री बुझ्दै मृतक केशबका बुवा महेश्वर घिमिरेले भने,‘सेनाले हामी जस्ता दिन दुखिलाई सहयोग गरेकोमा धन्यबाद, अब चिसोबाट मर्नु पर्दैनकी ।’ मृतक घिमिरेका ३ छोरी र एक बर्षका छोरा छन् ।

सोहि अबसरमा नाम्दु–६ का स्थानियहरुलाई काठमाडौँ न्युरोडका ब्यापारीहरु सरोज ओली, दिनेश थापा, जयराम पराजुली, सुनिल जोशी, बलराम बर्माले उपलब्ध गराएको ५० थान र रोटरी कल्ब अफ पशुपति काठमाडाँैले उपलब्ध गराएको ३० थान ब्याल्ङकेट बितरण गरिएको छ । यस्तै दोलखाका लादुक ६ की ७० बर्षिय चरिमाई तामाङलाई पनि सहयोग जुटेको छ ।

चरिमाईलाई कोल्ड नेपाल काठमाडौँका सहसचिब बिमल झाको पहलमा ललितपुर निबासी रमिता राईले दुई नातिनी र बृद्धालाई कम्बल, झोला शैक्षिक सामाग्री न्यानो कपडा हस्तान्तरण गरेकि छिन् ।
गोकर्णप्रसाद भण्डारी
 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.