Powered by Blogger.
पवटीको सत्येश्वर उच्चमावि नजिकै खोलामा ट्रक दुर्घटनामा, ६ घाइते


दोलखा,२० पुस ।

दोलखा जिल्लाको पवटी गाविस ४ मा ट्रक दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सर्लाहीबाट ईंटा बोकेर दोलखाको भैँसेबजार जाँदै गरेको बा३ख १७३७ नम्बरको मिनी ट्रक सत्येश्वर उच्चमावि नजिकैको खोलामा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

दुर्घटनामा परी पवटी–९ की ५० वर्षीया कमलकुमारी खड्का, ५२ वर्षीया भगवती थपलिया, शैलुङगेश्वर–७ पोखरेका गोपाल विश्वकर्मा, ३७ वर्षीया मनमाया विश्वकर्मा,  ५० वर्षीया बिन्दा सिवाकोटी र २२ वर्षीय रामशरण थपलिया घाइते भएको बताइएको छ ।

घाइतेको उपचारका लागि काठमाडौँ पठाइएको बताइएको छ । दुर्घटना लगत्तै ट्रक चालक फरार रहेको बताइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.