Powered by Blogger.
दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा रक्तदान


काठमाडौँ, १६ माघ । 

नेकपा(एमाले) दोलखा–काठमाडौँ सम्पर्क मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको छ । सहिद दिवसको सम्झनामा आयोजीत कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् ।

यसअघि पनि यस्तै कार्यक्रम गर्दै आएको सम्पर्क मञ्चले आफ्नो सामाजिक उत्तरदायित्व बहनगर्दै रक्तदान गरेको सचिव हरिहर कार्कीले बताए । आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्ने उनको भनाई छ ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेल लगाएको उपस्थिती रहेको थियो । मन्त्री पोखरेल दोलखा जिल्ला क्षेत्र नम्बर २ बाट संविधान सभाको दोस्रो निर्वाचनमा निर्वाचीत भएका हुन् ।

रक्तदान गर्नेको सख्या बढी नै भएपनि रेडक्रसले ब्लड ब्याग ७५ वटा मात्र ल्याएकाले बाँकीले रगत दिन पाएनन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.