Powered by Blogger.
दोलखा कांग्रेस सभापतिमा मान्नधर र लामाबीच कडा प्रतिष्पर्धा हुने


दोलखा, १८ माघ । 

 नेपाली कांग्रेसको गाउँ अधिवेशन बाट ५५ प्रतिशत मात्रामा युवा प्रतिनिधिहरु विजयी भएका छन् । शुक्रबार देखि आइतबार सम्म जारी रहेको गाउँ अधिवेशन बाट जिल्ला भरबाट करिब ५५ प्रतिशत युवाहरु प्रतिनिधिको रुपमा विजयी भएको र गाउँ सभापतिमा पनि युवाहरु नै बढि मात्रामा आएको नेपाली कांग्रेस दोलखाले जनाएको छ ।

देउबा पक्ष भन्दा संस्थापन पक्ष बलियो रहेको दोलखाको गाउँ–गाउँमा बढि मात्रामा संस्थापन भित्रकै गुट–उपगुटमा प्रतिनिधि तानातान भएको थियो । जिल्लामा तीनधार देखीएपछि गाँउमा पनि प्रस्ट रुपमा विभाजन भएको थियो । जिल्लामा सभापतिको घोषणा गरिसकेका नेपाल तामाङ सघंका महासचिब बर्मा लामा,नेपाल तरुण दलका पूर्व केन्द्रिय सचिब इश्वर मानन्धर र जिल्ला विकास समिति दोलखाका पूर्व सभापति रुद्र बहादुर खड्का ले गाउँ गाउँमै प्यानगलत रुपमा भोट माग्दै आएका थिए । यस्तै नेपाल विद्यार्थी सघंका पूर्व केन्द्रिय कोषाअध्यक्ष कुन्दनराज काफ्लेले पनि युवाहरु को प्रतिनिधित्वको आधारमा सभापति घोषणा गर्ने तयारीमा रहेको उनि निकट नेता कुमार भुजेलले बताएका छन् ।

सुनखानी गाविस र पवटी गाविसमा भने शनिबार मतदान भएको थियो । त्यस बाहेक अन्य गाविसमा भने शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस दोलखाका सचिब सन्तोष रिमालले जानकारी दिए ।
कांग्रेस दोलखाले दिएको जानकारी अनुसार  ५० प्रतिशत गाउँ विकास समितिमा पनि युवा सभापतिहरु आएका छन् । झुले गाविसमा दुई युवा पक्ष विच निर्बाचन भएको थियो भने गैरीमुदी,जफे,लापिलाङ, मिर्गे लगाएतका गाविसमा युवाहरुले नेतृत्व लिएको वताइएको छ ।

अधिवेशन बाट क्षेत्र नम्वर १ मा बर्मा लामा बलियो देखिएका छन् भने क्षेत्र नम्वर २ मा इश्वर मानन्धर बलियो देखिएका छ्न । यस्तै खड्कालाई अमेरिकामा बसोबास गर्ने ग्रीनकार्ड वाला भएको भन्दै कार्यकर्ताहरु बाट कुरा उठ्न थालेको छ । उनि पार्टिमा जितेपछि पनि अमेरिकामा जान सक्ने भन्दै उनको विकल्पमा अन्य उम्मेद्धवारको खोजि गर्न लागिएको कांग्रेस कार्यकर्ताहरुको भनाइ रहेको छ ।

जिल्ला विकास समिति दोलखाको सभापति पद सकिएपछि दश वर्षे जनयुद्धको बेला दश बर्ष अमेरीका पलायन भएका थिए । कार्यकर्तालाई दुख पर्दा अमेरीका बसेको र सहज भएपछि नेपाल आएको आरोप समेत लाग्न थालेको छ । शक्ति केन्द्रको रुपमा पूर्व केन्द्रिय सदस्य जीपछिरिङ लामा र बर्तमान सभापति ताराबहादुर कोइरालालाई लिइएको छ । उनिहरुले हाल सम्म कस्लाई सभापतिको रुपमा अगाडी बढाउने र कसलाई समर्थन गर्ने भन्ने विचमा सहमति भइनसकेको जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.