Powered by Blogger.
कार्यदिशा परिमार्जन र नेपाली विधार्थी आन्दोलनको भविष्य

सुमन न्यौपाने

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य

हामी सवैले मनन् गर्नु जरुरी भएको छ । युग वदलीयको छ । परिवेश वदलीएको छ । आवश्यकताहरु वदलीएका छन् । दलीँदो युग सँगै समाजको प्रकृती वदलीएको छ । स्वरुप वदलीएको छ । दशक अगाडीको आकर्षण आजको विकर्षण भएको छ । दशक अगाडीको जाज्वल्यमान चेतना आजको निम्ती अपुर्ण हो, छ । यिनै वदलीँदा घटनाक्रमहरु सँगै समाजको हर क्षेत्रको पुनःपरिभाषा र परिमार्जन जरुरी हुन्छ ।

अन्य क्षेत्र जस्तै वर्तमान विधार्थी आन्दोलन पनि विकृती र विसँगतीको छायाँमा परेको आजको कटुसत्य हो । करीव ५(६ वर्ष अगाडीसम्म जवर्रजस्त रुपमा प्रभावशाली यहाँ हस्तक्षपकारी भुमीका राख्ने विधार्थी आन्दोलन शिथील एंव दिशाहीन भयको अवश्था छ। बडदो विश्वविधालय एंव शिक्षा सेवा प्रदायकहरुको संख्यासँगै त्यस भित्रको विकृती र विसगतीपनि बड्दो क्रममा नै छ । अन्दाधुन्द रुपमा विना कुनै मापदण्ड विभिन्न विश्वविद्यालयले बाँडेको सम्वन्धनले विश्वविद्यालयक्षेत्र भित्रको समस्यालाई झन कहालीलाग्दो बनाएको छ ।

तोकियको पाठ्यक्रम तोकिएको समयमा सम्पन्न नहुनु, परीक्षा समयमा सञ्चालन हुन नसक्नु, परीक्षाफल समयमा प्रकाशीत नहुनु, उत्तरपुस्तीकाको उचित मुल्याङ्गन नगरिएको गुनासो शर्वत्र भेटीनु र त्यसप्रती  सम्वन्धीत विश्वविद्यालय आवश्यक जवाफदेही नरहनुले सम्वन्धीत विश्वविद्यालयमा अध्यनरत विद्यार्थीको भविश्य अन्योलग्रस्त अवस्थामा  तल्लीन  भएको देखिन्छ । विद्यार्थीको भविश्यको प्रत्यक्ष सरोकार राख्ने सवालहरु प्रतिको गैरजिम्मेवारी  एकातर्फ छ भने अर्कोतर्पm यही विषयलाई हवाला दिँदै  प्रसस्तै सम्भावनाका बावजुद पनि स्वदेशी शिक्षा प्रणालीमाथीको विश्वश्नीयतालाईनै प्रश्न बनाउँदै विद्यार्थीलाई  गुणस्तरीय उच्च शिक्षा का निम्तीभनि विदेश पढ्न पठाउने भन्दै आफ्नो कमाउ धन्दा चलाउने गिरोहको विगविगी शर्वत्र छ ।

हामीले समिक्षा गर्नु जरुरी भएको छ कि आधा दशक अगाडिसम्म जवरजस्त रुपमा प्रभावशाली हस्तक्षपकारी भूमिका निवार्हगर्न सक्ने विद्यार्थी आन्दोलनको प्रभावशालीतामा आज किन प्रश्न खडा गरिन्छ । के वदलिएको समय परिवेशसँगै विद्यार्थी आन्दोलनका मुद्धाहरु नै सेलाउँदै गएका, नरहेका, नभेटिएका हुन त ? के अब विद्यार्थी आन्दोलनको औचित्य र आवश्यकता नै समाप्त भएको हो र ? यदी होइन भने हामीमा सुइकारोप्ती हुन जरुरी छ की समय सान्दर्भीक विद्यार्थी आन्दोलनका मुद्धाहरुलाई योजनावद्ध र प्रभावशाली रुपमा हामीले हाँक्न सकिरहेका छैनौ भनेर । अवको विद्यार्थी आन्दोलनको प्रकृती, स्वरुप र व्यवहार कस्तो हुने भन्नेमा नै अन्योल्ता छ ।

दशक अगाडीको विद्यार्थी आन्दोलनको स्वरुप ,व्यवहार  र कार्यशैलीबाट हाम्रो मानसिकता मुत्त हुन सकेको छैन् । समाजको स्वरुप पूँजीवादी वाटोमा अग्रसर भएसँगै प्राचीन राजनीतिक मुद्धाहरु समाप्तीको संघारमा पुगेको र नयाँ परिवेशसँगै नयाँ मुद्धाहरु केलाउँदै, पहिचानगर्दै फरक वाटो तर्फ केन्द्रीत हुनुपर्ने अहिलेको विद्यार्थी आन्दोलनको आवश्यकता हो । हामीले यो बुझन् जरुरी भएको छ, विद्यार्थी आन्दोलन भनेको सडकमा उत्रीएर सँधैभरी विभिन्न मुद्धामा केन्द्रीत भई सडकजामगर्दै टायर वाल्दै नारावाजी गर्नुमात्र होइन् । समसामायिक समय परिवेश अनुरुप शैक्षिक क्षेत्रभित्रका व्यथिती  र विशंगती को स्पस्ठ पहिचान गरी आफ्ना कार्यदिसा त्यस् उन्मुख तय गर्नु नै नेपाली विद्यार्थी आन्दोलनको भविश्य हो ।

हामीले यो निष्कर्षमा पुग्न जरुरी छ की अब राजनीतिक परिवर्तनका लागि आवाज वुलन्द गर्ने युग समाप्त भई सकेको हो । निरंकुश पञ्चायती राजतन्त्र, सम्वैधानीक राजतन्त्र हुँदै सँघीय लोकतान्त्रीक गण्तन्त्र सम्मको यात्रा हामीले तय गरिसकेका छौ । जननिवार्चीत संविधान सभा मार्फत मुलुकले नयाँ संविधान पनि पाइसकेको छ । मुलुक संविधान कार्यान्वयनको चरणमा छ ।

अवको  विद्यार्थी आन्दोलन प्रभाव भनेको सडकमा भन्दा बढी  विश्वविद्यालयमा देखीनु जरुरी छ । विद्यार्थी आन्दोलनको कार्यदिशाको विश्वविद्यालय केन्द्रित परिमार्जन,विकाश एंव  पूर्नव्याख्या  हुनु जरुरी छ । समसामायिक परिवेश भीत्रका शैक्षीक क्षेत्र भीत्रका विकृती एंव विशंगतीका विरुद्ध आफ्नो कार्यदिशा तय गर्नुमा नै विद्यार्थी आन्दोलनको अवको भविश्य हो । वदलिँदो समयपरिवेश सँगै शैक्षीक क्षेत्र भित्र वढ्दो निजीकरण र वढ्दो निजीकरणसँगै मौलाउँदो माफीयाकरण का विरुद्ध आफ्नो प्रमुख कार्यदीशा बनाउनुमा नै अवको विद्यार्थी आन्दोलनको जिवन निहीत छ ।

प्राविधीक शिक्षामा रहेको मनपरी को सिमा छैन् । विभिन्न  विश्वविद्यालय  एंव शिक्षा  शेवा प्रदायक संघ संस्था जस्तै त्रिभुवन विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, सिटिइभिटिइ इत्यादीले सञ्चालन गर्ने विभीन्न प्रकारका प्राविधीक शिक्षाका  कार्यक्रम जस्तै एमबिबिएस, इन्जीनीयरीङ्ग, नर्सिङ, फर्मेसी, पब्लीक हेल्थ इत्यादीमा हुने मनपरी प्रती विद्यार्थी आन्दोलन उदाशीन देखीएको छ । अर्कातर्फ केहि विश्वविद्यालयका हकमा विश्वविद्यालयका जिम्मेवार पदाधिकारीहरु सँग कै सेटीङ्गमा प्रवेश परीक्षा संचालन गर्ने, नियतवश थुप्रै विद्यार्थीहरु अनुतीर्ण गर्ने, क्याम्पसहरुमा सम्वन्धन दीएका कोटाहरु पनि नभरीने गरेको छ । पडाइका निम्ती ठुलो संख्यामा विद्यार्थीहरु विदेशीने  वाध्यात्मक अवस्था सृजना गर्ने (विषेश त भारत) गिरोहको वोलवाला नेपाली शिक्षा वृतमा कायम नै छ ।

विश्वविद्यालय क्षेत्र भित्र अस्वथ कार्यशैली एंव गतिविधीका चाङ्ग थपीँदो क्रममा हुनु र त्यसलाई विद्यार्थी आन्दोलनले  नदेख्नु, नभेट्नु, नपहिल्याउनु एंव मुद्धा नवनाउनुले पनि विद्यार्थी आन्दोलनको गरिमा र आकर्षणलाई रक्षात्मक अवस्थामा पुर्याउन धेर थोर भुमीका निर्वाह गरेकै हो ।  विभिन्न विश्वविद्यालयका विभिन्न संकायहरुमा मनपरी जारी रहनु, विद्यार्थी आन्दोलन बेखवर रहनु, एउटै  पाठयक्रमको लागतमा क्याम्पसै पिच्छे लाखौँको अन्तर  भेटीनु, कैयौँ कोर्सहरुका हकमा क्याम्पस सञ्चालकाद्धारा कानुन विपरीत हुनेगरि विश्वविद्यालय को प्रवेश परीक्षा हुनु अगावै अनिवार्य रुपमा क्याम्पसहरुमा लागत को  आधा शुल्क भरेर कोटा बुक गर्नुपर्ने अन्यथा कोटा नपाइने अवस्था सृजना भएको छ ।

क्याम्पस सञ्चालकहरुको विद्यार्थीमाथी को दादागीरी दिनानुदीन वढ्दो क्रममा रहँदासम्म विद्यार्थी आन्दोलनको आवश्यक ध्यानाकर्षन हुन नसक्नु र आफ्ना सभा, सम्मेलन र अन्य कार्यक्रमहरु सञ्चालन गर्ने नाममा तिनै क्याम्पस सञ्चालकहरु सँग निरन्तर जोडीइ नै  रहनु तर पिँडीत विद्यार्थीहरुका मुद्धा सँधै ओझेलमा पर्नु एंव पारीनु लगाएतका द्यट्ना क्रमहरुले सामान्य विद्यार्थीको नजरमा विद्यार्थी आन्दोलन विकर्षण को विषय बनेको हो । नेता बन्ने उद्वेश्यका साथ संगठन गर्ने र त्यही सँस्कृती तल्लो तहसम्म विकाश गर्ने हो भने विद्यार्थी आन्दोलनको पतन ढीलोचाँडो अवश्यभावी छ ।

समसामाहीक परिवेश अनुरुप संगठन निमार्ण को  शिर्जनसील विधी विकासगरी समसामायिक वहुआयामीक उद्वेश्य तय गर्नु नै अवको विद्यार्थी आन्दोलनको भविश्य हो । समय, परिवेश एंव अवस्था अनुरुप आफ्नो समसामायिक मुद्धा को पहिचान गर्ने र त्यसको कार्यान्वयनका निम्ती जवरजस्त दबाव शृजना गर्ने हो भने अवस्था  र आवश्यकताले जन्माएको नेतृत्व आफ्ै आशा र भरोशा को केन्द्र बन्नेछ । तसर्थ आजको आवश्यकता समयसान्दर्भीक विद्यार्थी आन्दोलनको कार्यदिशा को स्पष्ठ व्याख्या र समसामायिक परिमार्जन हो ।

यसो हुन नसकेको खण्डमा विद्यार्थी आन्दोलनको  गरिमा र भविस्य इतिहांसको पानामा सिमीत हुने खतरा हामी सामु विधमान छ । हामीले बुझ्न जरुरी भएको छ कि खोक्रो नारा भएको भरमा मात्र अवको विद्यार्थी आन्दोलन जिवीत रहने अवस्थामा छैन । समसामायिक शैक्षीक क्षेत्र भित्रका विकृती एंव विशंगती को पहिचान गर्दै तत्सम्वन्धीत नारा वनाउँदै, संगठनका संम्रचनागतक्षेत्रमा केन्द्रित गर्दै जवरजस्त दवाव सृजना गर्नु नै अबको विद्यार्थी आन्दोलनको वाटो हो ।

विद्यार्थी सम्बध संघसंगठन घटक र त्यस सम्वद्व नेता कार्यकर्ताले ले यो वुझ्न जरुरी छ कि  नेता बन्ने होडमा विद्यालय, विश्वविद्यालय एंव अन्य शिक्षा शेवा प्रदायक संघसंस्था भित्र यत्रतत्र छरपस्ट रुपमा रहेका अनियमितता व्यथिती विशंगतीलाई नजिकबाट पहिचान गरि आवश्यक खवरदारी नगर्ने होे भने त्यो घटक, संघसंगठन त्यस सम्बद्ध नेता कार्यकर्ता मात्र राजनीतिक पार्टीका झोला बोक्ने कार्यकर्ता हुन सक्छन,वास्तवीक विद्यार्थी नेता हुन सक्दैनन ।

आवरण जे भिरे पनि त्यो नितान्त राजनीतिक मोर्चा मात्र हुनेछ । तसर्थ सम्मेलन देखि सम्मेलन केन्द्रित  हुने परिपाटीको अन्त्य गरि बदलीयको सामाजिक परिवेश अनुरुप आफ्ना कार्यदिशाहरु परिमार्जन गर्नु र विश्वविद्यालय शिक्षा भित्रको बेथिती र विसंगतीका बिरुद्ध जवरजस्त प्रहार केन्द्रित गर्नुमा नै अवको विद्यार्थी आन्दोलनको भविश्य निहीत छ ।




   

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.