Powered by Blogger.
कुनै गाविस सचिवविहीन लामाबगरमा दुई


दोलखा, ११ माघ ।

यहाँका विभिन्न १५ गाविसका स्थानीय जनता आफ्नो गाविस सचिव नहुँदा आजित छन् । तर गाविस सचिव अभाव भएर दैनिक आफ्नो सरकारी सेवा लिनबाट समस्या भोगिरहेका भन्दा एउटै गाविसमा दुई जना सचिवले कार्य गर्दा स्थानीयलाई भने झनै तनाव सिर्जना भएको छ ।

दोलखाको अति दुर्गम गाविसका रुपमा चिनिने लामाबगर गाविसमा अहिले दुई सचिवले कार्य गर्दै आएका छन् । जिल्ला विकास समिति दोलखाका अनुसार लामाबगर गाविसमा सचिवको दरबन्दी खरिदार हो । खरिदारबाट नासुमा बढुवा भएका व्यक्तिलाई अन्तै सरुवा गरेर खरिदारलाई लामाबगरमा पठाउँदा नासुले पत्र बुझ्न नमानेपछि एउटै गाविसमा दुई सचिव भएका हुन् ।

अहिले यस गाविसका नागरिकले सरकारबाट पाउने सरकारी कागजातमा समेत दुई सचिवले हस्ताक्षर गर्ने गरेको पाइएको छ । जिल्ला विकास समितिको कार्यालयले नै पठाएको पत्र वडा नागरिक मञ्चको क्रियाशीलता मापन तथा वर्गीकरण मापन फारममा समेत एकै ठाउँमा दुई सचिवले हस्ताक्षर गरेको भेटिएको छ ।

जिल्लाका १५ गाविसमा सचिवको अभाव भइरहेका बेला सचिवको प्रमुख कार्यालय जिल्ला विकासलाई नै सचिवले अटेर गर्दा स्थानीयको काम प्रभावित भएको छ । स्थानीय नामडोमा शेर्पाले गाविसमा दुई सचिव हुँदा स्थानीयलाई समस्या भएको बताए । कसलाई काम लगाउने हो, दुवैले हस्ताक्षर गर्छन ।

जिविस दोलखाका प्रशासन प्रमुख मनहरि थापाका अनुसार पुस महिनादेखि पुराना सचिव भरत पौडेलको बढुवा भएपछि अर्का सचिव तेजप्रसाद धमला पठाएका छौँ, पुराना सचिवले अटेर गरिरहेका छन्, कारबाही गछौँ। दोलखाका ४८ गाविसमध्ये हालसम्म १५ गाविस सचिवविहीन रहेका छन् । नेप्लिजबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.