Powered by Blogger.
दोलखाका बालबालिकाको भूकम्प गीत ‘भूकम्प ए भूकम्प, मसँग धेरै नचम्क‘ (भिडियोसहित)

दोलखा, ८ माघ । 
१२  वैशाखमा गएको भूकम्प र २९ वैशाखमा गएको शक्तिशाली पराकम्पनका कारण  प्रभावित जिल्ला मध्येको एक दोलखा पनि हो ।

भूकम्पले निकै क्षतिपुगेको जिल्ला दोलखा उत्तरी भेगमा रहेको लामाबगरस्थित गौरीशंकर प्राथामिक विद्यालयमा अध्ययनतर विद्यार्थीले भूकम्प बिर्सयाउने गीत बनाएका छन् । भूकम्पले विद्यालयहरु भत्किएपछि विद्यालयहरु अस्थायी टहरामा सिमित छन् ।

विद्यालयका शिक्षक–शिक्षिकाहरुले भूकम्पको गीत नै बनाएर विद्यार्थीहरुलाई सिकाएका छन् । उनीहरुले ‘भूकम्प ए भूकम्प, मसँग धेरै नचम्क । जस्ताको छाना लाइदिउँला‘ ।’ भाकामा गीत बनाएका छन् । गीतमा सात जना बालबालीकाको स्वर रहेको छ ।

भूकम्पले त्रसित बालबालीकाले गाएको यो गीत निकै मार्मीक रहेको छ । गीतले बालबालीहरु भूकम्पसँग डराने भन्दा पनि भूकम्पसँग चुनौती गर्न सक्ने क्षमता विकास भएको सन्देश दिन खोलिएको छ ।
रातोपाटीबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.