Powered by Blogger.
मेलुङमा भूकम्पपीडितलाई निर्ब्याजी ऋण दिँदै युवा

दोलखा, ७ माघ ।

यो गाउँका भूकम्पपीडित युवकले सहयोगका लागि सरकारको मुख ताक्नु परेन, दाता कहिले आउला भनेर कुर्नु पनि परेन् । भूकम्पपछि आउने समस्याहरुलाई गाउँका युवा मिलेर समाधान गर्न थालेपछि मेलुङ— ८ पैयाखेतमा दाता र सरकारको सहयोगविनै केहीबर्ष टिक्ने स्थायी प्रकृतिको घरहरु बन्दैछन् ।

स्थानीय धार्मिक स्थलहरु प्नि युवा अभियानबाट सुधारिदै छन् । युवा क्लवले सुरु गरेको निव्र्याजी ऋण अभियानबाट ३० जना भूकम्पपीडित युवकले न्यानो घर बनाइसकेका छन् । अरुले पनि सोच बनाइरहेका छन् । उनीहरुकै अभियानले गाउँको एउटा धार्मिकस्थल भूकम्पको क्षेती विर्साउने गरी सुधारिएको छ ।

भूकम्पले अन्यत्र झै यहाँ पनि गाउँलेको घरहरु ढले, सम्पादाहरु भत्किए । मानिसहरुको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गयो । अवस्था विकराल बन्दै गएका बेला केही युवा मिलेर क्वलमा भएको पैसाले गाउँलेको अवस्था उकास्न निव्र्याजी ऋण दिने अभियान चलाए । भूकम्पपीपीडितहरु सरकार र दाताहरुको भर पर्दै पालमा लुगलुग कामेर बसेको अवस्था देखेर युवाले अफ्नो क्वलमा भएको रकम निव्र्याजी लगानी गरेका हुन् । यो अभियान अन्तर्गत ऋण लिने पीडितहरुले ६ महिनाभित्र सावाँ रकम फर्काउनुपर्ने मेलुङ पैयाखेत देवी युवा क्वलका अध्यक्ष राकेश श्रेष्ठले बताए ।

भूकम्पपीडित व्यक्ति र ध्वस्त सम्पादाहरुको अवस्था सुधार्न ३३ जना युवा खटिरहेका छन् । उनीहरुले आफ्नो क्वलका सदस्यहरुलाई ३० हजारदेखि ५० हजारसम्म निव्र्याजी ऋण प्रवाह गरेका छन् । ५० हजार ऋण पाएपछि स्थायी प्रकृतिको घर बनाउँदै गरेका प्रदीप श्रेष्ठले समुहबाट सहुलियत पाएपछि न्यानो घर बनाउदै छन् । आफ्नो र समुहबाट प्राप्त पैसाबाट घर बनाउँदै गरेका उनले भने, ‘साथीहरुको अभियानले ठूलो सहयोग मिल्यो ।’

क्वलले भूकम्पपीडितलाई अस्थायी घर बनाउन आफैले मासिक रुपमा उठाएको रकममध्येबाट करिब १० लाख लगानी गरिसकेका छन् । साथै, उनीहरुले सम्पादा संरक्षणमा करिब ३ लाख खर्चेका छन् । उनीहले गाउँको धार्मिक प्राकृतिकस्थल पैयाखेत देवी क्षेत्र मर्मत सुधार गरेपछि त्यहाँ मानिसहरुको भीड समेत लाग्न थालेको छ । मनोरम जंगली क्षेत्रभित्र पर्ने मन्दिर मर्मत, मूर्ति स्थापना, पाटी निर्माण र सरसफाई कार्यमा युवाले श्रमदान पनि गरिरहेका छन् ।

भूकम्पपछि पीडाले अताल्लिएको अवस्थामा गाउँका युवाले गरेको सराहनीय कार्यप्रति अगुवाहरु खुसी हुँदै हातेमालो गर्न थालेका छन् । अगुवा समाजेसवी इन्जिनियर महेन्द्रबहादुर कार्कीले मन्दिरको सतल भोजनगृहको शिलान्यास गर्दै पर्यटक आउजाउ गर्ने खुड्किला निर्माण गर्न सहयोग गर्ने वाचा गरे । भूकम्पपछि गाउँबाट युवा पलायन भैरहेको अवस्थाका बीच पैयाखेतमा भने युवाको फरक जाँगर देख्दा उत्साह जगाएको उनले बताए । गाउँलेहरुका लागि मन्दिरमा आएर विभिन्न कार्य गर्नका लागि भाडाकुडा उपलब्ध गराउने अर्का समाजसेवी रामहरी श्रेष्ठले भूकम्पपछिको गाउँ सुधार अभियानलाई २१ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरे ।

युवा अभियानप्रति आकर्षित हुँदै स्थानीय दिलिप नेपाली र रामशरण नेपालीले १० हजार १ सय सहयोग गरे । विदेशबाट पनि सहयोग जुटिरहेको छ । क्वलका सदस्यहरुको अनुसार गाउँमा आवश्यकता ठान्ने क्वलका सदस्यहरु अरुले पनि निव्र्याजी ऋण लिएर आवास बनाउन सक्ने बताए । ५० हजार ऋणले घर बनाउदै गरेका प्रकाश श्रेष्ठले सहयोगी हातहरु पाइएकाले गाउँमा सरकारको मुख ताक्नेहरु पनि कम भएको बताए ।
कान्तिपुर दैनिकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.