Powered by Blogger.
निगमको तीन वर्षे कार्ययोजना सार्वजनिक



सोभित थपलिया 

काठमाडौँ, १२ माघ ।

संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले पाईलट नभएका कारण हवाईजहाज उडाउन नसक्ने समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् ।            
                                                                                                                                                                                                    
नेपाल वायु सेवा निगमको तीन वर्षे सुधार योजना सार्वजनिक गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन । आगामी २०७३ साल मङ्सिरमा पहिलो वाईड बडी बिमान र माघमा दोस्रो वाईडवडी बिमान खरिद गर्ने लक्ष्यसहित तीनवर्षे सुधार कार्य योजना आज सार्वजनिक गरेको हो ।

 नेपालले चीन दुईवटा वाइड बडी र चार वटा न्यारो बडी खरिद गर्न लागेकाले जहाज खरिद गरेपछि पाईटल लगाएतका आवश्यक भौतीक पुर्वाधार अभावका विमान थन्क्याएर राख्न नहुने भन्दै त्यसका लागि काम गर्न समेत निर्देशन दिए । यस अघि जहाज खरिद गर्दा गरेको सम्झौताले हामी ठगियौ, मन्त्री पोखरेलले भने, अब हामीले यसलाई सच्याउनु पर्छ ।’ उनले थपे ‘जिटुजी भए पछि श्रण नै लागे पनि हामीले जहाज खरिद गर्नैै पर्छ । बरु हामीले बोईङ खरिद गर्ने हो वा एयरबस भन्ने तत्काल निर्णयमा पुग्नै पर्छ । 

जुन खरिद गरे पनि म हस्तक्षेप गर्दिन । उनले त्यसका लागि तत्काल काम अघि सार्न निगमलाई निर्देशन समेत दिए । निगमलाई आर्थिक रुपमा सबल बनाउँन ग्राउण्ड ह्याण्डलीङको जिम्मा दिएको भन्दै आगामी दिनमा पनि यसैको भरमा बस्नु नहुने उनको भनाई छ ।

जहाज दिएपछि उडान गर्न नसक्ने, कमाएर खा भन्दा पनि कमाएर खान नसक्नेलाई कटाक्ष गर्दै मन्त्री पोखरेलले भने‘भौतीक साधन दिँदा पनि कमाएर खा भन्दा खान नसक्ने छोराई कुलङगार भन्छन, निगमलाई त्यो दोष नलागोस ।’ उनले निगमलाई जहाज नयाँ ठाँउमा लैजाने विषयमा अध्ययन गर्न समेत निर्देशन दिए । आन्तारिक उडानतर्फ अहिले भएको तीन ट्वीन–अट्टर, एक वटा एम ए ६० र एक वटा वाई १२ ई को अलावा अन्य विमानहरु थपेर यसका अतिरिक्त हेलिकप्टर सेवा समेत सञ्चालनमा ल्याउने योजना रहेको छ । 
 
कार्यक्रममा सचिव दिनेश प्रसाद थपलियाले निगम तत्काल सुधारर्नु पर्ने र आर्थिक रुपमा बलियो बनाउनु पर्ने ७ मुख्य विषयमा १४३ बुँदा सहित सुधारको योजना ल्याएको बताए । तीन वर्षे सुधारको योजना फागुन एक गतेदेखि केही न केही नतिजा समेत देखाउने विश्वास व्यक्त गरे । निगम जहाल खरिद गरेपछि पाइलट अभाव तथा अन्य प्राविधि कुरामा समस्या नहुने दावी गरे । निगमले जहाज ल्याएर कालोबोको काटने र थन्क्याएर राख्न जाहाज खरिद नगर्ने, खरिद गरेको जहाजले दुर्गम गाँउ सम्म सेवा दिने बताए । 

निगमका महाप्रबन्धक सुगम रत्न कंसकारले निगमको तीन वर्षे  कार्ययोजना सार्वजनिक गर्दै एक वर्ष भित्रमा वाइडबढी कुनै पनि हातलमा ल्याउने बताए । त्यसका लागि सरकारसँग ऋणमागेको र सो विषयमा अर्थ मन्त्रीसँग दुई पटक छलफल समेत भएकाले ऋण पाउने आशामा रहेको जानकारी गराए । निगमले ल्याएको सातबुँदे सुधारको योजनामा आन्तरिक व्यवस्थापन, नजशक्ति व्यस्थापन, मौजुदा विमानको पुर्ण उपयोग र टिकट बिक्री, निगमका लागि आवश्यक विमान लगाएतका योजना रहेका छन् ।

निगमले आगामी ६ महिना भित्रमा अनलाइन टिकेटीङ, ग्राउण्ड हेण्डलीङलाई अन्तराष्ट्रिय स्तरको बनाउने जनाएको छ । महाप्रवन्धक कंसकारले भने‘निगमको वाइडबढी नभएसम्म पर्यटक आवगमन बढन नसक्ने भन्दै वाइड बढी खरिद प्रकृयालाई प्रभावकारी रुपमा अघी बढाएका छौं । वाइडबढी खरिद गर्न सकियो भने नेपालमा पर्यटकको सख्या बढछन, देश आर्थिक रुपमा सम्पन्न हुने छ । त्यसका लागि भन्सार छुट १ प्रतिशतमा ल्याउन माग गरेका छौं ।’  

वाइडबढी ल्याएपछि २०७३ कात्तिकसम्म पहिलो चरणमा कलकत्ता, दुबई, गन्जाओ, कोलम्बो, ढाका परिक्षण गर्ने र दोस्रो चरणमा दक्षिण कोरिया, जापान, सिङगापुर, अष्ट्रेलिया परिक्षण गरिने उनको भनाई छ । उनले एक फरक प्रसङगमा नेपालको विमानस्थललाई यूरोपीयन यूनियनले कालो सुचीमा रहेको भन्दै कालोसुचीबाट हटाउने कार्य अन्तिम चरणमा पुगेको बताए । निमगले वाइडबढी खरिद गरे लगत्तै २१ वटा न्यारोबडी खरिद गर्ने र भारतीय र चीनिया पर्यटक बढाउने धारणा राखे ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.