Powered by Blogger.
दोलखाका भूकम्प पीडितको तथ्यांक लिन गाउँ पस्दै इन्जिनियर


दोलखा, १८ पुस । 

अन्तर्राष्ट्रिय दाताको इच्छाअनुसार वास्तविक भूकम्पपीडितको पहिचान गर्न विद्युतीय तथ्यांक संकलन दोलखाबाट सुरु गरिएको छ ।

पीडितको घरदैलो पुगेर अनलाइन लगत संकलन क्रमिक रूपमा प्रभावित अन्य १३ जिल्लामा पनि गरिनेछ । शुक्रबार सुरु लगत संकलनमा १ सय २७ इन्जिनियरसहित २ सय ५४ जनाको टोली दोलखाका गाउँ पसेका छन् । सही तथ्यांक नआएसम्म प्रतिबद्धताअनुसारको अन्तर्राष्ट्रिय अनुदानमा आनाकानी भएपछि दाताकै आर्थिक सहयोगमा उक्त काम भएको हो ।

इन्जिनियरले सामाजिक परिचालकको सहयोग लिएर ट्याब्लेटमार्फत इन्टरनेटबाट तत्काल केन्द्रीय तथ्यांक विभागमा लगत पठाउने छन् । उनीहरूले तस्बिर, कागजातका साथै घरमूलीसँग गरिएको अन्तर्वार्तालाई कम्प्युटरकृत गर्छन् ।

जसमा आवासीय घरको क्षति विवरण संकलन हुन्छ । भूकम्प प्रभावित परिवारको सामाजिक, आर्थिक तथा जनसांख्यिक विवरण पनि संकलन हुन्छ । संकलित विवरणलाई विद्युतीय तथ्यांकीय आधार तयार पारेपछि अनलाइनमार्फत कार्यक्षेत्रबाटै आयोग सचिवालय केन्द्रीय तथ्यांक विभागमा पठाउने काम हुने केन्द्रीय तथ्यांक विभागअन्तर्गत लगत संकलन टोली प्रमुख दीनानाथ लम्सालले जानकारी दिए ।

यसमा नेपाल सरकारलाई स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्च ९हर्ड० ले सहकार्य गरिरहेको छ ।दोलखामा करिब ६० हजार घरधुरी भएको अनुमान भए पनि जथाभावी परिचयपत्र वितरण गर्दा ८५ हजार प्रभावित घर पुगेको छ । इन्जिनियर टोलीले लालपुर्जा र भूकम्प प्रभावित परिचयपत्रसमेत विवरण संकलन गर्दा फर्जी पीडित निरुत्साहित हुने अनुमान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले वास्तविक पीडित पहिचानका लागि अभियान सार्थक रहने बताए । स्थानीय विकास अधिकारी सीता परियारले अभियानलाई राजनीतिक दल, सामाजिक अगुवा र जनताले सहयोग गर्नुपर्ने बताएकी छन् ।

लामाबगर र गौरीशंकर गाविसमा भने अत्यधिक चिसोका कारण तत्काल लगत संकलन रोकिएको छ । हाल २ नगर ४८ गाविसमा खटिएको टोलीले करिब ४ सय परिवारको लगत लिने कान्तिपुर दैनिकमा समाचा छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.