Powered by Blogger.
क्यान दोलखाको पहलमा राजकुलेश्वर निमाविलाई एक लाख सहित २ थान कम्प्युटर सहयोग


दोलखा, ४ माघ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ को आयोजनामा अध्ययनको सिलसिलामा अमेरिका रहेकी दोलखा निवासी बिभुषा प्रधानको पहलमा दोलखाका विद्यालयलाई सहयोग गरेका छन् ।

एक लाख रुपैयाँ नगद तथा विभिन्न संघसंस्था वाट प्राप्त भएको कम्प्युटर २ थान दोलखा स्थित राजकुलेश्वर निम्न माध्यमीक विद्यालयलाई सहयोग गरिएको छ । दोलखाको भिमेश्वर नगरपालीका वडा नम्बर २ मा रहेको राजकुलेश्वर विद्यालयका लागी एशोसीएसनले एक लाख नगद सहित वेभसर्फर कम्युनिकेशन र कम्प्युटर एशोसीएन नेपाल दोलखा शाखाको सहकार्यमा एक हप्ताका लागी ५ सय १२ केविपिएस क्षमताको इन्टरनेट जडान गरेको छ ।

विद्यालयमा आयोजीत कार्यक्रममा सहयोग प्रदान गरीएको कम्प्युटर एशोसीएन नेपाल दोलखा शाखाका अध्यक्ष नारायण क्षेत्रीले जानकारी दिए । प्राथमीक सुचना प्रविधि सचेतना अभियान अन्र्तगत दुई दिने कम्प्युटर सम्बन्धि तालिम प्रदान गरीएको छ । तालिममा विद्यालको कक्षा ७ र ८ का विद्यार्थी सहभागी भएका थिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.