Powered by Blogger.
दोलखामा भूकम्पपछिको पुननिर्माण र सहकारीका विषयमा छलफल

दोलखा, ३ माघ ।

जिल्ला सहकारी संघ दोलखामा सहकारीको अवस्था र भूकम्प पछिको पुननिर्माण लगायतका विषयमा छलफल भएको छ । कार्यक्रममा संघका अध्यक्ष हेमन्त चौलागाईले दोलखाको सहकारीको अवस्थाको बारेमा जानकारी गराए ।

सहकारी विभागका निमित्त रजिष्टार विष्णु घिमिरे, उप रजिष्टार उपेन्द्र ढुङ्गगाना, उप सचिव कृष्ण पुडासैनि, शाखा अधिकृतहरु नवराज सापकोटा,लिलाबल्लभ चापागाँगाई, डिभिजन सहकारी कार्यालय दोलखाका सहकारी अधिकृत दिपेन्द्रराज अधिकारी विभागका नासु सुमन पोखरेलको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला सहकाकारी संघका निवर्तमान अध्यक्ष शिवजी राउत, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष, जिल्ला सहकारी संघका सचिव रत्न श्रेष्ठ, पुर्व कोषाध्यक्ष शर्मिला सापकोटा, हाम्रो जनकल्याण साकोसका प्रमुख कार्यकारी दिपक बस्नेत ,जनहित सहकारी संस्थाका व्यस्थापक रमेश बस्नेत लगाएतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.