Powered by Blogger.
नेपाली सेनाको भूकम्प पीडितलाई कपडा वितरण, स्थानीयको अनुहारमा छायो मुस्कान

दोलखा, २ माघ ।

नेपाली सेनाको रणभीम गण दोलखाले  दुर्गम गाबिसका स्थानीयलाई राहत बितरण गरेको हो । नेपाली सेनाका सहायक रथि प्रदिप कुमार अधिकारीले लापिलाङ गाविस ५, ६ र ७ का पाँच सय ९४ भूकम्प पीडितहरुलाई कपडा वितरण गरेका हुन् ।

ब्याल्याकेट १ थान ,मण्डी २ थान, सुकुल १ थान, बिस्कुट, ननभेज ड्राईफुड लगाएतका सामाग्री बितरण गरे । यीनै सहयोग सँगै चिसोका बिरामीको स्वास्थ्य परिक्षण गरेर यहाँका स्थानियबासीमा खुसी छाएको छ । चिसोले  स्थानियको जनजिबन कष्टकर भईरहेको बेला  सेनाको सहयोग प्रति गर्भ लागेको स्थानिय बल बहादुर थामी बताए ।  चिसोका कारण दोलखामा भुकम्प पिडितहरुको अबस्था दयनिउ भएको सञ्चारमाध्यममा आएसँगै सेनाले सहयोग गरेको हो ।

 स्वास्थ्य शिबिरमा  बालबालिका, महिला बृद्धबृद्धाको गरी ३ सय जनाको स्वास्थ्य परिक्षण गरिएको सेनानी मनोज थापामगरले बताए  । स्वास्थ्य परिक्षणका लागि नेपाली सेनाको सहसेनानी डाक्टर बिजय भुषण दत्त ,डाक्टर कृष्णप्रसाद देशेमरु लगायतले स्वास्थ्य परिक्षण गरे ।

६४ वर्षीया विष्णु कुमारी थामी सरकारले नहेरे तापनि सरकारकै नेपाली सेनाले हाम्रो मर्म बुझेर चिसोबाट बच्ने न्यानो सिरकलगायतका हजारौका सामान दिएको छ अब भने अब बाँच्छौँ भन्दै खुसी व्यक्त गरे ।
त्यसै गरी ६६ वर्षीय अहिमान थामी पनि पाएको न्यानो कपडाबाट खुसी छन् । उनले भनिन्, हामी भूकम्पबाट पीडित अवस्थाको हेरचाह गर्ने अहिले सेना नै भएको छ । अब भने यसपालिको चिसोबाट बच्ने भएँ, म जस्ता बूढाको उद्धार भयो ।
 भूकम्पबाट ११ जनाको मृत्यु भएको  बढी प्रभावित यो ठाउँमा हेड क्वाटरबाट प्राप्त पाल एक,मन्डी दुई, सुकल एक,ब्ल्याङ्केट एक, ड्रायफुड, समेत गरी करिब तीन हजार बराबरका सामग्री प्रतिजनालाई वितरण गरिएको गणपति मधुसुदन नरसिंह राणले जानकारी दिए ।  
तस्विर: गोकर्ण भण्डारीको फेसबुकबाट 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.