Powered by Blogger.
दुधेबालक र वृद्धवृद्धाको प्रश्न, ‘न्यानो कपडा कहिले पाइएला सरकार ?’

दोलखा, ६ माघ । 

लोपोन्मुख सुरेल जाति बसोबास गर्ने दोलखाका सुरी गाविसका ५८ भूकम्पपीडित सुरेल परिवार न्यानो कपडाको पर्खाइमा छन् ।

सुरेल जातिका महिला, बालबालिका, वृद्धवृद्धा चिसोले बिरामी समेत पर्न थालेका छन् । उनीहरुसँग सामान्य जीविकोपार्जनका लागि समेत आफ्ना अत्यावश्यक सामाग्री लत्ताकपडा, खानेकुरा नहुँदा दैनिकीमा समस्या पैदा भएको हो ।

आर्थिक अवस्थाले ज्यादै कमजोर र जनसङ्ख्याले पनि ज्यादै न्यून रहेका सु्रेल समुदायको दुर्गम क्षेत्रमा बसोबास रहेकै कारण कहीँ कतैबाट सहयोग नआएको उनीहरुको गुनासो रहेको छ । हाल केही घरधुरी जस्ताको अस्थायी कटेरोमा रहेपनि अझै त्रिपालमुनि रात काट्न सुरेलहरु बाध्य छन् ।

सरकारले गरेको सामान्य सहयोगले दाल, चामल, छोराछोरीको पढाइ खर्च नै नपुग्ने यो समुदायको भनाइ छ । भूकम्पले भएको घर भत्कायो, स्थायी घर बनाउने कुनै स्रोत छैन, सरकारले दिएको रकमले खान परिहाल्यो भन्नुहन्छ, सुरी –८ की ३१ वर्षीय रञ्जिता सुरेल । उनको परिवारमा तीन छोरा र श्रीमान् छन् । न्यानो लुगाफाटोको समेत चरम अभाव बेहोरिरहेको सुरेलहरु यतिखेर न्यानो कपडा पाउने आशामा बाँचिरहेका छन् । दिनमा दाउराको जोहो गर्ने र रातमा दाउराबाट आगो बालेर रात कटाउनु उनीहरुको दैनिकी बनेको छ ।

सुरेल समुदायको एक मात्रै माग रहेको छ – ‘सरकार हामीे न्यानोमा कहिले बस्न पाउछौ ?’ सुरेल समुदायमा रहेका गर्भवती महिलाको अवस्था दुःखदायी छ ।  ३५ वर्षीया निर कुमारी सुरेलले भने, ‘अस्पतालहरुमा औषधिको अभाव छ, बालबालिकालाई भनेको बखत औषषि खुवाउने अवस्था छैन ।’ अस्थायी टहरामा बसेका बालबालिका शीत झरेर चिसो पर्दा दिन प्रतिदिन बिरामी परिरहेका छन् । सुरेल जातिको मुख्य पेसा भनेको बाँसबाट चोयाको सामग्री निर्माण गर्नु हो । दोलखाको सुरी र खारे गाविसमा रहेको सुरेल जातिको मुलुकभरकै सङ्ख्या २ सय २१ रहेको बताइन्छ । नेप्लिजबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.