Powered by Blogger.
‘प्रचार–प्रसारको अभावमा दोलखामा पर्यटकको कमी’


काठमाडौँ, १९ मंसिर ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आन्तरिक पर्यटन प्रवर्दनमा जोड दिन आग्रह गरेका छन् ।

शनिबार राजधानीमा कांग्रेसको पर्यटन विभागले आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन व्यवसायी भेलालाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन । १२ वैशाखमा गएको भूकम्पका कारण बाह्य पर्यटनको आवगमनमा कमी आएको भन्दै तत्कालका लागि आन्तरिक पर्यटन प्रवर्दनमा ध्यान दिन व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् ।

नेपालमा विश्वमै नपाईने हिमाल, पहाड र तराईको फरक–फरक प्रकृतिको हावापानी भएको भन्दै यसको प्रचार–प्रसार बढाउनु पर्ने उनको भनाई छ । स्वदेशमा रोजगारीको अभाव बढेसँगै रोजगारीका लागि युवा बाहिरीने क्रम बढेको भन्दै पर्यटक व्यवसाय फस्टाउन सकेको खण्डमा स्वदेशमा रोजगारी बढाने उनको धारणा छ । रोजगारी बढाउन पर्यटन व्यवसायलाई प्रभावकारी बनाउनु पर्ने दावी गरे ।

कार्यक्रममा केन्द्रिय सदस्य मान बहादुर विश्वकर्माले आर्थिक उपार्जनको प्रमुख आधार पर्यटन भएको भन्दै यसको प्रवर्दनमा सबैको ध्यान जानु आवश्यक रहेको औल्याए । भूकम्पका कारण सिथिल बनेको पर्यटन व्यवसायमा भारतले गरेको नाकाबन्दीले झनै ठुलो असर परेको भन्दै आन्तरिक पर्यटन प्रवर्दनमा जोड दिनु पर्ने धारणा राखे । नेपाल हरेक कुरामा परनिर्भरता रहेको भन्दै पर्यटकमा आत्मनिर्धर बन्न सरकारले विशेष पहल गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पर्यटन विभागका सदस्य शान्त किसोर श्रेष्ठले पर्यटनको प्रचुर सम्भावना रहेको दोलखा पछि परेको प्रति दुःख व्यक्त गरे । प्रचार प्रसारको अभावमा दोलखा पछि परेको भन्दै यसको प्रचार प्रसारमा सबैले ध्यान दिनु पर्ने धारणा राखे । उनले भने,‘ पशुपतिनाथको दर्शन गरेर दोलखा भिमेश्वरको दर्शन गरिएन भने त्यो अपुरो हुन्छ ।’ उनले थपे ‘भिमेश्वरको पसिनाको महिमाका बारेमा सबै जानकार नै छन् ।’ दोलखा आन्तरीक पर्यटका लागि पनि आकर्षक गन्तव्य भएको धारणा राखे ।

यस्तै कांग्रेसका केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख किसोर सिंह राठोरले कांग्रेसले पर्यटन विभाग बनाएपनि विभागका सदस्य समेत को हो भन्ने जानकारी नभएका कारण काम गर्न समस्या भएको बताए । आ्फनै पार्टी सरकारमा जाँदा पनि पर्यटन क्षेत्रमा केही गर्न नसकेको प्रति आत्माआलोचना गर्दै नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ गठन गर्न सफल भएकोमा भने खुसी व्यक्त गरे ।

नेपाललाई विश्वमा चिनाउने आधार पर्यटन व्यवसाय भएको भन्दै यसलाई औद्योगिकीकरण गर्नु पर्नेमा जोड दिए । नेपाली कांग्रेसको विचार मान्ने व्यवसायीहरुको संठगन नेपाल पर्यटन व्यवसायी संघ खोलेको र सो कार्यक्रममा व्यवसायीलाई नजान राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट)का अध्यक्ष दिपक महतले आग्रह गरेको प्रति दुःख व्यक्त गरे । महतले कांग्रेस सम्बद्व व्यवसायीहरुको संस्था भनेर निट नेपाल नामक एनजिओ खोलेर २०६५ सालदेखि पैसा उठाएर अपचलन गरेको आरोप समेत लगाए ।

रसिद नै नदिई पैसा उठाएको र टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा माओवादी सम्बद्व व्यवसायीसँग तीस लाख रुपैयाँ र अन्य व्यवसायीसँग पनि पैसा उठाएको भन्दै यसको पर्दाफास गर्दै जाने बताए । आफुसँग पैसा उठाएको प्रमाण रहेको भन्दै उनले पार्टीको नाम बेचेर एनजीओ खोलेर पैसा उठाएको प्रति भत्र्सना समेत गरे । विभागलाई जानकारी नै नगराई पैसा उठाएको भन्दै त्यसको जिम्मेवारी विभागले नलिने जानकारी गराए । संघमा पर्यटन सम्बन्धी ट्राभल्स, होटल, टे«किङ, टुर अपरेटर, गाईड लगाएत सबैलाई समावेश गराउने राठौले जानकारी गराए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.