Powered by Blogger.
घरेलु कामदारको विषयमा गम्भिर हुन् राष्ट्रपति देखि मुख्य सचिवलाई संघको आग्रह



काठमाडौँ, १८ मंसिर ।

वैदेशिक रोजगार व्यवसायी संघले रोजगारीका लागि विदेशमा काम गर्न जाने घरेलु महिला कामदारको समस्या राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मुख्य सचिवलाई जानकारी गराएको छ ।

सम्बन्धीत देशसँग श्रम सम्झौता घरेलु महिला कामदारले विभिन्न शारीरिक तथा मानसिक यातना भोग्नु परेका कारण कुवेत र लेबनानमा कामदार पठाउन बन्द गरिएको थियो । सरकारले समयमा नै श्रम सम्झौता नगर्दा ती देशमा जाने कामदारले विभिन्न यातना भोग्नु परेको, स्वेदश फर्कदा मानसिक सन्तुलन गुमाएको जस्ता समस्या विकराल बन्दै गएपछि घरेलु कामदार पठाउन बन्द गरिएको थियो ।

सरकारले श्रम सम्झौता नै नगरि घरेलु ‘कामदार पठाउने निर्देशिका २०७२’ बनाएको प्रति वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । संघका महासचिव रोहन गुरुङका अनुसार निर्देशिक केही व्यक्तिको व्यक्तिगत स्वार्थमा जारी भएको भन्दै यसले घरेलु कामदारको हित नगर्ने भएकाले कामदार मैत्री निर्देशिक ल्याउन आग्रह गरेका छन् । संघले सो निर्देशिक कार्यान्वयन गर्नुपुर्व सम्बन्धीत देशमा श्रम सम्झौता गर्नुपर्ने, सरोकारवाला निकाय नागरिक समाजसँग छलफल गर्न समेत माग गरेको छ ।

संघले घरेलु कामदारले गर्नु पर्ने काम, तलब, सेवा सुविधा किटान हुनुपर्ने, र तलब लगायत सेवा सुविधा नपाएको खण्डमा त्यसको जवाफदेहीता को हुने भन्ने स्पष्ट हुनु पर्ने, कामदारले कार्यस्थलमा शारीरिक पीडा सहनु परे त्यसको जफावदेहीता को हुने, घरेलु महिला कामदार माथी जबरजस्ती करणी भएको, र गर्भवती भएको अवस्थामा ति महिलालाई न्याय दिने र ति बच्च जन्मे पछि पाउने नागरिकता, पालपोषणको जिम्मा कसले लिने, आवासको व्यवस्था कसले गर्ने, प्रस्टहुनुपर्ने माग गरेको छ ।

यस्तै संघले कामदारमाथी चोरी गरेको अधियोग लागेको खण्डमा निजलाई आवश्यक कानूनी उपचार कसले सहयोग गर्ने भन्ने विषयमा स्पष्ट गर्नु पर्ने, सहित १० वटा विषयमा सम्बन्धीत निकायमा जानकारी गराएको महासचिव गुरुङले बताए । संघले विषेशगरी महिला घरेलु कामदार अन्यायमा नपरुन भनेर उनीहरुलाई न्याय दिलाउन नीतिगत रुपमा प्रष्ट हुन आग्रह गरेको छ । संघले नीतिगतरुपमा प्रष्ट नभएसम्म घरेलु कामदार पठाउने प्रकृया स्थगन गर्न श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागलाई आग्रह समेत गरेको छ ।

यस विषयमा संघले प्रधानमन्त्री कार्यालमा पनि जानकारी गराएको र प्रम कार्यालयका सचिव श्रीधर सापकोटासँग करिब एक घण्ट छलफल भएको महाचिव गुरुङले बताए । छलफलमा सापकोटाले यो गम्भिर विषय भएको भन्दै हचुवाका भरमा घरेलु कामदार पठाउने कुनै पनि निर्णय सरकारले नगर्न निर्देशन दिने जानकारी गराए ।

श्रम मन्त्रालय र संघ बिच भएको ३१ बुँदे सहमतिको २४ नम्बरको बुदाँमा घरेलु कामदार पठाउन निर्देशिका संसोधन गर्न गठिन कार्यदलले छलफल गर्ने भनिए पनि छलफल नै नगरि घरेलु कामदार पठाउन खुल्ला गरिएको प्रति संघले दुःख व्यक्त गर्दैै हचुवाको भरमा घरेलु कामदार नपठाउन संघले सबै व्यवसायीलाई आग्रह गरेको महासचिव गुरुङले जानकारी गराए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.